अमेरिकाको मेरिल्याण्डमा मन्दिर निर्माण गर्न १७ एकड जमिनसहित ८ लाख ५० हजार डलर नगदमा भवन खरिद

Norvic Hospital

डिसी महानगर क्षेत्र । अमेरिकामा नेपाली समुदायको इतिहासमा सबै भन्दा पहिले सामुदायिक केन्द्रको जग्गा र सम्पत्ति जोड्ने ईतिहास रचेको नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी)ले मेरिल्याण्डमा अर्को सम्पत्ति जोड्न सफल भएको छ ।

 

गत अक्टोबर ८ शुक्रबारका दिन मेरिल्याण्ड राज्यकै जर्मन टाउन (शहर)मा ठूलो भवन सहित करिव १७ एकड जमिन खरिद गरेको छ । नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी) भवन तथा पशुपति बुद्ध मन्दिरमा अहिले पनि मेरिल्याण्डकै वेल्सभिलमा संचालनमा छ ।

 

एनईसीसीले उक्त नयाँ सम्पत्तिलाई ८ लाख ७५ हजारमा खरिद गर्ने प्रस्ताव राखेको थियो । बेच्ने घर धनीले उक्त प्रस्ताव स्वीकार पनि गरेका थिए भने नगद दिने समयमा सम्झौता भन्दा २५ हजार घटाई दिएको कारण ८ लाख ५० हजार नगद बुझाईएको छ ।

 

गत अक्टोबर ८ कै दिन जग्गा नेपाल शिक्षा तथा संस्कृति केन्द्रको नाममा अमेरिकाको मालपोत कार्यालयले पारित (अर्थात् पास)गरि दिएको छ । एनइसीसीको नाममा नामसारी भै सकेको छ भने भोग चलन अब एनइसीसीले गर्नेछ ।

१६.८३ एकड जमिन अर्थात् १३३ रोपनी सम्पत्ति जोड्न एनइसीसी सफल भएको छ । उक्त जग्गा र सम्पत्तिसंग जोडिएका छेउछाउका घरहरुका बजार भाउ करिव १० लाख हाराहारीमा रहेको बुझिएको छ । यसमा एनइसीसी सँस्थाका नेतृत्ववर्ग र यस परियोजनामा लागेका सम्पूर्णले केही सुलभ मुल्यमा घर र जग्गा प्राप्त गर्न सफल भएका छन् ।

 

वर्तमान सभापति सरोज देवी प्रजापतिका अनुसार यो सम्पत्ति खरिद गर्न गत मे १५ देखि संस्था लागेको बताईन । प्रजापतिले जुन ११ भन्दा अगाडी नै लगभग किन्ने तयारी स्वरुप धरौटी समेत बुझाईएको ईनेप्लिजलाई जानकारी गराइन ।

 

सभापति प्रजापतिका अनुसार गत अगस्त सम्म के के सुबिधा पाउने ,गर्न हुने र गर्न नहुने आदी ईत्यादी बारेमा गहन अध्ययन र अनुसन्धान गरेको थियो । यी सबै कुराको शुभ संकेत प्राप्त गरे पछि मात्र एनइसीसीले हात हालेको हो ।

 

बेल्सभिल सम्पत्तिमा रहेका बुद्धको स्तुप ,डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका एक व्यक्तित्वले १० फिटको शिव मूर्ति प्रदान गर्ने प्रतिबद्धता जाहेर गरि सकेकोले उक्त मुर्ति सहित नयाँ सम्पत्तिमा ल्याइने छ ।

 

स्मरण रहोस ,नया घर र जग्गा लिनु भन्दा अगाडी अरु जग्गा पनि हेरिएको तर एनइसीसीले आफ्नो मापदण्ड पुरा गरे पछि अनुसार मात्र जग्गा प्राप्त भएको हो ।

 

उक्त जग्गामा मन्दिर निर्माण गर्न काउन्टीको पुरातात्विक बिभाग तथा काउन्टीसंग बुझेर मन्दिर बनाउन सकिने बिषयमा छलफल गरिएको थियो । मन्दिरको लागि उपयुक्त र निर्माण गर्न सकिने नियम अनुसार दिने सकिने भए पछि मात्र यो निर्णयमा पुगी जग्गा खरिद गरिएको हो ।

 

जग्गा आफ्नो नाममा पास ९पारित०गर्न एनईसीसीका पूर्व सभापति कृष्ण निरौला ,निर्वतमान सभापति खिलेन्द्र न्यौपाने र संस्थाको जग्गा किन्न संस्थाको तर्फबाट बोर्ड अफ ट्रस्टीका सभापति खिलेन्द्र न्यौपाने र सभपति सरोज प्रजापतिले हस्ताक्षर गरेका थिए ।

 

धनीपूर्जा आफ्नो हातमा आइ सके पछि उक्त सम्पत्तिको हाताभित्र पूजा अर्चना र नरिवल फुटाइएको थियो । सानो कार्यक्रम समेत गरिएको थियो । अब जाडो महिनाको सरुवात हुने हुनाले द्रुतगतिमा उक्त सम्पत्तिमा सर सफाई अभियान सुरु गरि हाल्ने सभापति प्रजापतिले बताइन ।

 

यो परियोजनाका तथा मन्दिरका लागि नयाँ जमिन खरिद गर्ने कार्यमा प्रवन्ध निर्देशक अभियन्ता (ई)उमेश निरौला ,प्रज्वल रेग्मी लगायतले अहोरात्र काम गरेका छन् ।

 

बेल्स्भिल स्थित सम्पत्ति अब बिस्तारै बिक्रि गरि उतै लगानी गरिने र अन्तत्वगत्वा जर्मन टाउन शहरमै नेपाल शिक्षा तथा संस्कृति केन्द्र(एनइसीसी)रहने छ ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हालाण्ड चम्किँदा डर्टमण्डको जित, शीर्ष स्थानमा उक्लियो

  • 13 seconds ago
हालाण्ड चम्किँदा डर्टमण्डको जित, शीर्ष स्थानमा उक्लियो

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा डर्टमण्डले जित निकालेको छ । गएराति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोलले पराजित गरेको हो ।

नेपालको सपना अधुरै रह्यो

  • 10 minutes ago
नेपालको सपना अधुरै रह्यो

काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु

  • 25 minutes ago
दुर्घटनामा दुई जनाको मृत्यु

हेटाौंडा । हेटौंडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा शनिबार दिउँसो करिब ३ः ३० बजे काठमाडौबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।