मनशिला मुक्तक संग्रह लोकार्पण
- बिहीबार, २७ फागुन, २०७७
- 1 month ago
- साहित्य

काठमाडौँ । कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो ।
पौडेल कृत मनशिलाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिस्ठ साहित्यकार यादव खरेल, कवि मुकुन्द पौडेल, साहित्यकार पुरुशोत्तम दाहाल, वरिस्ठ मुक्तककार एवम् गजलकार ज्ञानुवाकार पौडेल वरिस्ठ मुक्तककार रामकाजी कोने, वियोगी बुढाथोकी, समालोचक डा. ज्ञानु अधिकारी र आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले जीवन प्रकृती र जगतलाई हेर्ने दृष्टिकोणलाई मुक्तकमा समावेश गर्न सक्ने खुवी कृतिकारमा रहेको बताए । कार्यक्रममा वरिस्ठ पत्रकार एवम् साहित्यकार पुरुशोत्तम दाहालले सिर्जना भनेको आफ्नो सन्तान सरह हुने बताउदै कृतिकार पौडेलको लेखन मोहसँगै विविध बिषयमा सरसर्ती बग्न सक्नु प्रशंसनिय रहेको बताए ।
कार्यक्रममा वरिस्ठ मुक्तककार एवम् गजलकार ज्ञानुवाकार पौडेलले मुक्तक लेखनमा कवि पौडेलको शिल्पकारिता, बिषयवस्तुमा वेग र तिव्रता रहेको उल्लेख गरे । साथै, कृतिकार लेखनको नशा लागेको आफुले पाएको बताए ।
मनशिला पौडेलको तेस्रो कृति हो । यस कृतिलाई आवरण प्रकाशनले प्रकाशित गरेको हो । यस अघि उनका मनशिन्धु र मझदार नामक दुई कृतिहरु प्रकाशन भैसकेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 3 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 13 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने
- 13 minutes ago

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको बारेमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । बिहीबार पनि नक्सालस्थित मेरियट होटेल
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।