मनकामना मन्दिर पुनःनिर्माणमा ३ किलो सुन अपुग

गोरखा । नेपालकै ऐतिहासिक मनकामना मन्दिर जिर्णोद्धारका क्रममा तिन किलो सुन अपुग भएको छ । सुरुमा लागत आँकलन गर्दा आठ किलो सुन लाग्ने अनुमान गरिएपनि १५ किलो खर्च भइसकेको छ । 

 

‘फेरी तिन किलो सुन अपुग देखिएको छ, हामीले खरिद प्रक्रिया सुरु गरिसकेका छौ’ मनकामना मन्दिर जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्र बाबु श्रेष्ठले भने । 

 

२०७२ असारबाट निर्माण सुरु गरिएको मन्दिरको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अझै केही काम बाँकी रहेकाले सुन अपुग देखिएको हो ।

 

३ वर्षअघि निर्माण सुरु गरिएको मन्दिर निर्माणमा ३ किलो सुन थप भएपछि  २ करोड लागत थप हुने अनुमान गरेको छ । सुन खरिदका लागि अब प्रक्रिया अगाडी बढिसकेकोले मन्दिर पुर्ननिर्माणमा त्यसले कुनै असर नगर्ने समितिको दाबी छ ।

 

अपुग सुन समय खरिद भए र कालिगढले निरन्तर काम गर्न पाए दशै अगावै निर्माण कार्य सम्पन्न हुने समितीको विश्वास छ । अहिले जिर्णोद्धारका क्रममा भक्तजनका अस्थायी पुजा निर्माण गरी पुजाआजाको व्यवस्था गरिएको छ ।

 

मन्दिरको पुर्ननिर्माणसँगै बाहिरी संरचना निर्माणको काम पनि  केही बाँकी छ । आँगन, कम्पाउण्ड, पश्चिम पट्टीको धुनी र पूजा कोठा फराकिलो गर्ने काम अझै बाँकी रहेको जिर्णोद्धार समितिका अध्यक्ष श्रेष्ठले बताए ।  

 

लामो इतिहास बोकेको उक्त मन्दिर केही वर्ष यता जिर्णोद्धार गर्नुपर्ने चर्चा  चलेको थियो । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प मन्दिर दक्षिण पश्चिम ढल्किए पछि जगैबाट भत्किाएर पुनर्निमाण थालिएको हो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 7 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 7 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 7 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।