Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस संसदीय दलको बैठक जारी

कांग्रेस संसदीय दलको बैठक जारी


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । अप्रत्यासित रुपमा सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न बिहीबार संसदीय दलको बैठक बोलाएका हुन् ।

बिहीबार बस्ने सङ्घीय संसद्का दुवै सदनको बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको बताइएको छ ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा ९ बजेदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको

प्रहरीका १९ जना डीएसपीहरूको पदस्थापन

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

एकीकृत समाजवादीले फेरि अवसरवादी चरित्र देखायाे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले फेरि अवसरवादी चरित्र देखाएको आरोप लगाएका

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौँ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

Techie IT