मस्जिदमा प्रार्थना गर्ने क्रममा मालीका अन्तरिम राष्ट्रपतिमाथि आक्रमण

एजेन्सी । मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतालाई मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । 

 

उनलाई दुई व्यक्तिले आक्रमण गरेको तर उनी रहेको उनको कार्यालयले एएफपीका सम्वाददातालाई बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिम राष्ट्रपति गाइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो ।

 

एक सञ्चारकर्मीका अनुसार गोइतालाई घटनास्थलबाट अन्यत्र जाने व्यवस्था मिलाइएको छ । उहाँ घाइते भएको वा नभएको अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

 

राष्ट्रपति कार्यालयका पदका एक अधिकारीले गोइत “सुरक्षित र सकुशल’ पुष्टि गरेका छन् । गोइतलाई राजधानीबाहिरको एक सैनिक शिबिरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको बताइएको छ । 

 

धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको बताए । राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेको बताइएको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 2 hours ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।