माल्दीभ्समा नौ महिनामा ८ लाख पर्यटक भित्रिए

एजेन्सी । माल्दीभ्समा यस बर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ ।

 

अघिल्लो बर्ष सन् २०२० को तुलनामा १०४।४ प्रतिशतको दरले पर्यटकहरुको सङ्ख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् । 

 

कोरोनाभाइरसको महामारीका कारण सन् २०२० मा तीन महिना माल्दीभ्सको सीमानाका बन्द गरिएको थियो । त्यही कारणले अघिल्लो बर्ष पर्यटकको सङ्ख्यामा कमी आएको विश्लेषण गरिएको छ ।मन्त्रालयका अनुसार सवैभन्दा धेरै अगस्ट महिनामा मात्रै एक लाख ४३ हजार ५९९ पर्यटक माल्दीभ्स भित्रिएका छन् । 

 

औसतमा दैनिक झण्डै चार हजार पर्यटक आउने गरको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

 

माल्दीभ्स भित्रिएका पर्यटकहरु मध्ये सवैभन्दा धेरै पर्यटक भारतबाट आएको पनि तथ्याङ्कले देखाएको छ । कुल पर्यटक मध्ये २४।४ प्रतिशत पर्यटक भारतीय रहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि धेरै पर्यटक रुसका रहेका छन् । रुसबाट २०।४ प्रतिशत पर्यटक आएका छन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

  • 23 minutes ago
क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 56 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 1 hour ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।