मालदिभ्सको विपक्षी दलद्वारा नयाँ नेताको चयनसँगै प्रजातन्त्र पुनः स्थापना गर्ने प्रतिवद्धता
- सोमबार, १८ आषाढ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

कोलोम्बो, श्रीलङ्का । मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ ।
प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी पाएसँग सोलिहले आफूहरूले निर्वाचनमा बहुमत ल्याएमा विभेदपूर्ण तवरले निर्वासनमा बस्न बाध्य बङ्गलादेशी नागरिकलाई स्वदेश फर्काउन पहल गर्ने जनाएका छन् ।
मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वबाट देशमा प्रजातन्त्रको पुनः स्थापना गर्ने उक्त समूहका प्रवक्ता अमिद अब्दुल गफूरले एएफपीलाई बताए ।
सोलिहले यस पहिले उक्त प्रतिपक्षी समूहको नेतृत्व गरेका अनुभवी नेता मोहम्मद नशीदलाई प्रतिस्थापन गर्नेछन् । बङ्गलादेशको केन्द्रीय निर्वाचन आयोगले नसीदलाई निर्वाचन लड्नका लागि अयोग्य बताएपछि उनले उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
१३ वर्ष जेल जीवन विताएका नसीदलाई राजनीतिक प्रतिशोधका कारण सजाय भएको र विदेशमा उपचारका लागि गरेको आग्रहलाई स्वीकार गरिएपछि उनी सन् २०१६ पछि निर्वासनमा रहँदै आएका छन् ।
अहिले बङ्गलादेशका प्रभावशाली प्रतिपक्षी नेताहरू कि त जेलमा छन् कि विभिन्न देशमा निर्वासनमा रहँदै आएका छन् ।
गफुरले भने, यदि आफ्नो गठबन्धनले निर्वाचनमा जितेमा अन्यायपूर्ण रूपमा निर्वासनमा बस्दै आएका तथा स्वदेशमै जेल जीवन विताउँदै आएका सबै जनालाई निर्वाचन भएको मितिले डेढवर्षभित्र न्यायको अनुभूति गराइने बताए ।
बङ्गलादेशमा हरेक पाँच वर्षमा राष्ट्रपतिको निर्वाचन गर्ने संवैधानिक प्रावधान छ र राष्ट्रपतिले चाहेमा यस पहिल्यै पनि निर्वाचन गर्नसक्ने कानूनी व्यवस्था रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मर्स्याङ्दी नदीमा माछा मार्दै
- 33 minutes ago

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।
बिहीबार जम्मा ५ हजार ३० परीक्षण
- 48 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ४ जना कोरोना संक्रमितको मृत्यु
- 50 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।