मलेसियाली विमान दुर्घटनाको प्रतिवेदनले पीडित पक्षलाई झनै चिड्यायो

पुत्रजया/एजेन्सी । मलेसियाली विमान एमएच ३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन् ।

 

परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए । चार वर्षअघि बेपत्ता भएको मलेसियाली विमानमा २३९ यात्रु सबार थिए ।

 

तर प्रतिवेदनमा विमानको बेपत्ता र खोजी प्रयत्नका बारेमा मात्र लामो व्याख्या गरिएको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन् । अनुसन्धान अधिकारीहरूले परिवारजनका प्रश्नको उत्तर दिन सकेका छैनन् । कतिपय परिवारजन प्रतिवेदन सार्वजनिक कार्यक्रमबाट बीचमै उठेर हिँडेका थिए । ‘यो प्रतिवेदन अत्यन्त निराशाजनक छ,’ इन्तान माइजुरा ओथमानले बताए । उनका पति बेपत्ता भएका विमान एमएच ३७० मा फ्लाइट स्टेवार्ड थिए ।

 

क्वालालम्पुरबाट बेइजिङका लागि उडेको यो विमान मार्च २०१४ मा बेपत्ता भएको थियो । ‘म अति हतोत्साहित छु । प्रतिवेदनमा नयाँ कुरा केही पनि छैन । यातायात मन्त्रालयका अधिकारीहरूले हाम्रा प्रश्नको जवाफ दिन सकेनन् ।’

 

‘धेरैले प्रश्न सोधेका थिए,’ जी। सुब्रमनियमले भने । उनका छोरा सो विमानमा सबार थिए । अधिकारीहरूबाट चित्तबुझ्दो प्रतिक्रिया नपाएपछि धेरैजना क्रुद्ध बनेका थिए ।

 

हिन्द महासागरको एक लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन । अस्ट्रेलियाले गत वर्ष जनवरीबाट यो विमानको व्यापक खोजी अभियानलाई स्थगित गरेको छ ।

 

अमेरिकी कम्पनी ओसन इन्फिनिटीले ‘नभेटिए शुल्क दाबी नगर्ने’ शर्तमा यसै वर्षको सुरुदेखि पुनः खोजी अभियान थालेको थियो । यस कम्पनीले उच्च–प्रविधियुक्त ड्रोनको सहायताले समुद्रमा खोजी गरेको थियो । तर, विमानका कुनै पनि अवशेष नभेटिएपछि खोजी अभियान रोकेको छ ।

 

पारदर्शिताका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको मलेसियाको नयाँ सरकारले बेपत्ता विमानका बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने चुनावताका घोषणा गरेको थियो । आजको राजधानी दैनिकबाट ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड र नेपालले पाण्डे, न्यौपाने र ढकाललाई बालुवाटार पठाए

  • 51 seconds ago
प्रचण्ड र नेपालले पाण्डे, न्यौपाने र ढकाललाई बालुवाटार पठाए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालले आफू खेमाका नेताहरुलाई बालुवाटार पठाएका छन् । उक्त समूहको स्थायी कमिटी बैठकको नि

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 28 minutes ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

  • 30 minutes ago
नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।