नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक
- आइतबार, १६ फागुन, २०७७
- 1 month ago
- साहित्य

काठमाडौँ । नेपाल भाषाका छ वटा म्युजिक भिडियो संग्रहित एल्बम ‘मैचाया सपलय्’ सार्वजनिक भएको छ । पाँच दशकसम्म नेपाल भाषाका गीत, संगीत, डबली नाटक, भजनमा सक्रिय रहेका संगीतकार भीमबहादुर नकःमिको शब्द तथा संगीत रहेको एलबमका केही गीतमा मनराजा नकर्मीका संगीत छन् ।
एल्बम गीतकार दुर्गालाल श्रेष्ठ, गायक भृगुराम श्रेष्ठ, रत्न बेहोसी, संगीता प्रधान, तारावीर सिंह कंसाकार, धनबहादुर गोपाली, अमरराज शर्मा र मनराजा नकर्मीले संयुक्त रुपमा सार्वजनिक गरे ।
‘मैचाया सपलय्’ मा मोहन शाक्य र आशा नकर्मीको स्वर रहेको छ । भिडियोमा रामृष्ण खड्गी, लुज सिंह, मोनाम पाख्रिन र आरध्या लक्ष्मी खड्गीको निर्देशन छ ।
म्युजिक भिडियोहरुमा अशिष्मा नकर्मी, कर्मा, विनोद श्रेष्ठ, सुरज नापित, रुपेन्द्र श्रेष्ठ, रोजिना सुवाल, रवी डंगोल, भिन्तुना जोशी, प्रतिक श्रेष्ठ, अन्जला नकर्मीलगायत फिचर्ड छन् ।
नकःमिका भक्तिरस भजनमाला चार भागसम्म प्रकाशित छन् । त्यस्तै, बलम्बु ज्ञानमाला भजन पुस्तक र सीडीमा समेत प्रकाशित छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण
- 24 minutes ago

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण
- 28 minutes ago

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 38 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।