‘माहुरी झरना’

Norvic Hospital
प्रतिकात्मक तस्बिर

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित माहुरी झरनाको प्रवद्र्धन गर्न थालिएको छ ।  आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो । 

 

बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यसमेत पहिचान गर्ने क्रममा अन्यन्तै मनमोहक माहुरी झरनामा पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिइएको छ  । लेखानी र रेशको बीचमा रहेको रेश खोलास्थित माहुरी झरनामा पुग्नका लागि पदमार्ग नभएका कारण समस्या भएकाले स्थानीयवासीको सक्रियतामा अहिले व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिइएको छ । 

 

गत वर्ष गण्डकी प्रदेश सरकारको रु। ११ लाखबाट झरनामा पुग्नलाई गैराघरदेखि नेटासम्म ३०० मिटर पदमार्ग निर्माण गरिएको थियो । त्यतिले पर्याप्त नभएका कारण अहिले स्थानीयवासीले जनश्रमदानमार्फत पदमार्ग निर्माण  गरिरहेको माहुरी झरना प्रबद्र्धनमा लागेका स्थानीयवासी हरि कुँवरले जानकारी दिए । जनश्रमदानबाट अहिले २०० मिटरभन्दा बढी पदमार्ग बनाइएको र आगामी दिनमा थप एक सय मिटर  बढाइने  कुँवरको भनाइ छ । “अत्यन्तै सम्भावना रहेको उक्त झरनालाई अहिले आएर बल्ल प्रचारप्रसार गर्न थालिएको छ”, कुँवरले भने, “अन्य सामान्य झरनालाई मिडियामा देखेपछि यहाँको झरनलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ लागिपरेका छौंँ ।” 

करीब २०० मिटर  अग्लो छहरा भीरमाहुरी रहने पहाडमा भएकाले यसको नामकरणसमेत माहुरी झरना  गरिँदै आएको स्थानीयवासीले बताएका छन् । उक्त झरनाको प्रचारप्रसार गर्न थालिएपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । अहिले दैनिक करीब ५०  आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने भएपनि झरनामा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा समस्या भएको छ । झरनामा पुग्नका लागि अझै २०० मिटर पदमार्ग आवश्यक पर्ने हुन्छ ।

 

माहुरी झरना काठेखोला गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । झरना हिउँदमा समेत नसुक्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका हिसाबले यहाँ पदमार्ग, रेलिङ, प्रतीक्षालय र तारबार निर्माण गर्ने लामिछानेले बताए । 

  

अहिले जनश्रमदानबाट माहुरी झरना सामुदायिक घरबास, मौवाघारी सामुदायिक वन, सगरमाथा युवा क्लब र  महिला समूह मिलेर श्रमदानमा पदमार्ग निर्माण भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट उक्त झरना आधा घण्टाको दूरीमा पुग्न सकिन्छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।