महेश बाबुका कारण नम्रताले छोडेकी थिइन् फिल्मी करिअर, यसकारण लुकाएका थिए अफेयर्सको कुरा

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । उनले आफ्नो अभिनय यात्रा बाल कलाकारबाट सुरु गरेका थिए । सन् १९७९ बाट सुरु भएको अभिनय यात्रामा उनले धेरै नै सफलता हात पार्न सफल भए । उनले सन् १९९९ मा पहिलो पटक लिड रोलमा राजा कुमारुदु फिल्ममा काम गरेका थिए । उक्त फिल्ममा प्रिति जिण्डा अपोजिटमा रहेकी थिइन् । 

 

उनको फिल्मी यात्रा चलिरहँदा उनको भेट नम्रता सिरोदकर भयो । फिल्म बम्सीका लागि महेश बाबु र नम्रता मुख्य भुमिकालाई लिइएपछि उनीहरुको लव अफयेरको यात्रा बिस्तारै सुरु भएको थियो । आफु लजालु स्वभाव भएका कारण सम्बन्ध विस्तारमा ढिलाइ भएको कुरा पनि बाहिर आएको थियो ।

 

नम्रता मोडलिङ क्षेत्रबाट रहेकी थिइन् । उनले सन् १९९३ की मिस इण्डियाको ताज जितेकी थिइन् । सोही वर्ष उनी मिस युनिभर्समा पाँचौँ भएकी थिइन् । सन् १९९८ सम्म उनी मोडलिङमा व्यस्त रहन पुगिन् । सन् २००० मा फिल्म बम्सीमार्फत यी दुईको भेट हुन पुग्यो । पहिलो पटक यीबीच कुराकानी हुन निकै कठिन भएको थियो । महेशभन्दा नम्रता ४ वर्षले जेठी रहेकी थिइन् । 

 

तर, उनीहरुको लव यात्रालाई उमेरले छेकेन । फिल्म बम्सीको सुटिङ सकिदैँ गर्दा यी दुईको प्रेम पनि बलियो हुँदै गएको थियो । महेशले आफ्नो अफेयरबारे परिवारमा पनि केही भनेका थिएनन् । उनले अलिअलि कुरा आफ्नो दिदीसँग भनेको एक अन्तर्वार्तामा बताएका थिए । नम्रता बलिउडबाट थिइन् भने उनी दक्षिण भारतीय फिल्ममा करिअर निर्माण गरिरहेका थिए । सन् २००४ मा उनीहरुले आफ्नो अफेयरबारे खुलेर कुरा गरे । अन्तत सन् २००५ मा उनीहरु विवाह बन्धनमा बाँधिए । उनीहरुका दुई सन्तान एक छोरा र एक छोरी रहेका छन् । विवाहपछि भने उनले फिल्मी करिअरलाई बाइबाइ नै गरिन् । उनले परिवारको जिम्मेवारी सम्हालिन् । 

 

दक्षिण भारतीय फिल्मका महँगा अभिनेताका रुपमा उनी स्थापित रहेका छन् । उनले खेलेको प्राय सबै फिल्महरु हिट रहेका छन् ।  

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताज महलसँग जोडिएको अमर प्रेम कथा

  • 2 minutes ago
ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।

बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो

  • 7 hours ago
बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो

एजेन्सी । शनिबार साँझ भएको प्रिमियर लिगमा आर्सनलले बर्नलीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बर्नलीको घरेलु मैदानमा भएका खेलमा आर्सनलले एक एक गोलको बराबरी खेल खेलेको हो ।

पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

  • 8 hours ago
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासक



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

विचित्र विश्व

ताज महलसँग जोडिएको अमर प्रेम कथा

ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।