स्व. महेश अमात्यको ‘बनफूल’ कृति बिमोचन तथा अन्तरक्रिया कार्यक्रम

 

काठमाडौँ । गीतकार, नाट्य कलाकार एवम् स्वर्गीय कवि महेश अमात्यको नविनतम गीत–कविताससङ्ग्रह बनपूmलको २०७८ साल भाद्र १२ गते भर्चुअल (जूम) मार्फत सार्वनजिकीकरण तथा कृतिमाथि अन्तरक्रिया गरिएको छ । 

 

समाकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष कृष्ण बजगाईंको समापतित्व र स्व. महेश अमात्यकी ममतामयी माता मथुरादेवी अमात्य प्रमुख अतिथि भएको सो कार्यक्रममा साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराइ, डा. कुमारप्रसाद कोइराला, अशेष मल्ल, प्रमोद प्रधान, भारती गौतम विशिष्ट अतिथि तथा डा. लेखप्रसाद निरौला, दीपककृष्ण श्रेष्ठ, धीरकुमार श्रेष्ठ र दिव्य गिरी अतिथिका रुपमा उपस्थित थिए । 

 

साहित्यकार धीरकुमार श्रेष्ठद्रारा सम्पादित तथा समकालीन साहित्य प्रतिष्ठान, बेलायतको २१ औं प्रकाशन रहेको महेश अमात्यका गीत, कविता, लघुकथा र मुक्तकहरूको सङ्ग्रह बनफूल (गीत–कविता सङ्ग्रह) लाई प्रमुख अतिथि मथुरादेवी अमात्यले सार्वजनिक गरेका थिए ।

 

सार्वजनिकीकरण गरिएको बनफूल कृतिमाथिको अन्तरक्रिया कार्यक्रममा विभिन्न समालोचक तथा साहित्यकारले स्व. महेश अमात्यको गीत तथा कविताबारे आआफ्ना मन्तव्य प्रकट गरेका थिए । त्यसरी मन्तव्य व्यक्त गर्नेहरूमा डा. लेखप्रसाद निरौला, सङ्गीतकार डा. दीपककृष्ण श्रेष्ठ, साहित्यकार भारती गौतम, नाट्यनिर्देशक एवम् सर्वनामका संस्थापक कवि अशेष मल्ल तथा बनफूका सम्पादक धीरकुमार श्रेष्ठ, प्रमोद प्रधान, दीपेश अमात्य र दिव्य गिरी थिए । उनीहरुले गीतकार एवम् कवि महेश अमात्यका गीत, कविता तथा लघुकथा आदिका विषयमा धारणाहरु प्रस्तुत गरेका थिए ।

 

उक्त कार्यक्रममा महेश अमात्यका सङ्गीतबद्ध गरिएका गीतहरु गाउँलाई ढाक्यो बस्तीलाई ढाक्यो..... र ...कर्मभूमि स्वर्ग हो... बोलको गीतको रेकर्ड सुनाइएको थियो भने लक्ष्मीकृष्ण श्रेष्ठले कुक्कु कुक्कु मेरी मायालु.. बोलको गीतलाई कार्यक्रममा नै सङ्गीतसहित गाएका थिए । 

 

कार्र्यक्रमका सभापतिको आसनबाट मन्तव्य व्यक्त गर्दै समकालीन प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले महेश अमात्यका बारेमा बोल्दै आफूले धरानमा हुँदै थाहा पाएको र पछि आफू रेडियो नेपालमा जागिर भएपछि उनलाई अझ बुभ्mने अवसर पाएको विचार व्यक्त गरे । अमात्यलाई कृति मार्पmल जीवन्त राख्नकै निम्ति उनको रचनाहरू समेटेर कृति प्रकाशन गरेको व्यहोरा व्यक्त गरे ।

 

स्व. महेश अमात्यकी दिदी शारदा कायस्थले महेश एउटा रसिक स्वभाव र हँसिलो प्रकृतिका थिए भन्दै उहाँका अन्य रचनाहरू प्राप्त भएमा दोस्रो संस्करणमा थपेर प्रकाशन गर्नुपर्ने सुझाव दिए ।

 

कार्यक्रममा स्व. महेश अमात्यकी पत्नी शारदालक्ष्मी अमात्यले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा अनलाइन अर्थात भर्चुअलमाफल जोडिएर महेश अमात्यको कृतिमाथि अन्तरक्रियामा सहभागि हुने लेखक साहित्यकार, अध्यक्ष, प्रमुखअतिथि, अतिथिलगायत सबैलाई धन्यवाद दिए । उनले धनकुटाका साथीहरूले महेश अमात्यको बारेमा धेरै महत्वपूर्ण विचारहरू व्यक्त गरेकोमा उनीहरूलाई पनि धन्यवाद दिए । यसका साथै देश तथा विदेशमा रहेका नेपालीहरू विशेष गरेर महेश र उनका परिवारसँग चीरपरिचित सबैलाई यस कार्यक्रममा सहभागि भएको विशेष धन्यवाद दिए ।

 

कार्यक्रमको अन्त्यमा गत वर्ष २०७७ साल बैशाख ४ गतेका दिन कोरोना महामारीका कारण अमेरिकाको न्युयोर्कमा स्रष्टा महेश अमात्यको असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दै स्वर्गीय अमात्यको आत्माको चीरशान्तिको कामनानिम्ति भर्चुअल कार्यक्रममा जोडिएका सम्पूर्ण महानुभावहरूले एक मिनेट मौनधारण गरेका थिए । 

 

कृति सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई साहित्यकार एवम् प्राध्यापक नेत्र न्यौपानेले सञ्चालन गरेका थिए । उनले विद्या, व्यवहार र चित्र शिर्षकको कविता वाचन गरेका थिए । कार्यक्रममा नेपाल लगायत, अमेरिका, बेलायतमा बसोबास गर्ने नेपालीहरूको पनि उपस्थिति थियो । यस कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, डा. कुमारप्रसाद कोइराला, डा. भूपप्रसाद धमला, डा. छत्र अमात्य, भारती गौतम, अशेष मल्ल, प्रमोद प्रधान, श्री तथा श्रीमती धीरकुमार श्रेष्ठ,  दिव्य गिरी, दीपककृष्ण श्रेष्ठ, लक्ष्मीकृष्ण श्रेष्ठ, डा. विदुर चालिसे, शारदा कायस्थ, डा. पुष्करराज भट्ट, गङ्गा कर्माचार्य, रवीन्द्र श्रेष्ठ, शुस्मिता दाहाल, ओशनकुमार, रचना शर्मा, फणिन्द्रराज निरौला, दीलिपकुमार प्रधान, रञ्जना महर्जन, मुकुल कायस्थ, राममान अमात्य, सुविद गुरागाईं, ओम दाहाल, बुधारा उपाध्याय, उमा दाहाल, प्रेम ओझा, धु्रब मधिकर्मी, उत्सर्ग ढकाल, कमला दाहाल, भीमप्रसाद गुरागाईं, रवीन्द्र मानन्धर, आशिमा तामाङ्ग, तुलसी, टेकेन्द्रराज चेम्जोङ, नरेन्द्र तामाङ, सुधीर श्रेष्ठ, सुमी लोहनी, रमेश अमात्य, पार्वती अमात्य, ज्ञानलक्ष्मी, सुनिता योउङ्ग, ओम दाहाल, राममान अमात्य, दिवा श्रेष्ठ, विजेश अमात्य, दिवाकर काप्mले आदि गरी जम्माजम्मी ५३ जनाको सहभागिता थियो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

  • 3 minutes ago
बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

खोटाङ । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

  • 9 minutes ago
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

  • 22 minutes ago
हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

एजेन्सी । हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।