चालु आव अध्ययन र योजना निर्माणको वर्षः मुख्यमन्त्री शाही

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५/७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताएका छन् । 

 

स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुगेका मुख्यमन्त्री शाहीले आज आयोजित पत्रकार भेट्घाट कार्यक्रममा कर्णालीका १० वटै जिल्लाको भूमि, जनताको आयआर्जनको स्रोत, बसोबासको प्रकृति, खाद्य उत्पादन, शिक्षा, स्वास्थ्य, विद्युुत, सडक, पर्यटन, खानेपानी, सञ्चारलगायतका विषयको अध्ययन यही वर्षभित्र गरिने जनाए । 

 

“यहाँको विकासमा देखिएका समस्याको समधानसहितको अध्ययन गर्छौं,” मुख्यमन्त्री शाहीले भने, “त्यही अनुसार कर्णाली प्रदेश विकास निर्माणको योजना निर्माण हुन्छ ।” 

 

छरिएका बस्तीका कारण शिक्षा, स्वास्थ्य, विद्युुत, सडकजस्ता क्षेत्रमा राज्यको बढी खर्च लाग्ने देखिएको जनाउँदै उनले भने ।

 

“राज्यलाई आर्थिक व्ययभार घटाउन र नागरिकलाई राज्यबाट प्रवाह गरिने सेवा सुलभ र सहज गराउन एकीकृत बस्ती विकास कार्यलाई अघि बढाउने तयारीमा छौँ,” उनले भने । 

 

सङ्घीय र प्रदेशको कानून नबन्दा प्रदेश सरकारले विकासको परिणाम देखिने गरी काम गर्न नसकेको उहाँको भनाइ थियो । राज्य र नागरिकबीचको कार्यशैलीमा एकरुपता नआउँदासम्म विकासको प्रतिफल पाउन नसकिने उनले बताए । 

 

कालिकोटबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मराज शाहीले सङ्घीय सरकारले राष्ट्रिय गौरवका योजना निर्माण गर्ने र प्रदेश सरकारकाले निरन्तर विकास गर्ने कुरा कार्यान्वयनमा आउनुपर्ने बताए ।  

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

  • 14 minutes ago
अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

  • 25 minutes ago
बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

  • 56 minutes ago
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।