सुन्दर र सभ्य परिचयका लागि सरसफाइः मुख्यमन्त्री शाही

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताएका छन् । 

 

नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज यहाँ आयोजित ‘नगर सरसफाइ’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

मुख्यमन्त्री शाहीले “जहाँ सरसफाइ छ, त्यहाँ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ ”, भन्दै सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गरे । 

 

“सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ”, उहाँले भन्नुभयो, “सुन्दर र समृद्ध कर्णाली प्रदेशको निर्माणका लागि आफ्नो सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको छ । 

 

नेपाल मानव धर्म सेवा समिति सुर्खेतका अध्यक्ष सन्त महात्मा श्री निर्मला बाइजीले हरेक व्यक्ति मनदेखि सफा हुनुपर्ने बताउँदै शान्त र विकसित समाज निर्माणका लागि भौतिक र अध्यात्मिक कुरालाई संयोजन गरेर अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे । 

 

“नैतिकतालाई सबैले मुख्य मियो बनाएर अघि बढौँ, त्यसैमा हामी सबैको कल्याण छ”, भने । 

 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्सेवक युवाको सहभागिता थियो । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

  • 9 minutes ago
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।

सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर हुम्लामा रोक लगाइयो

  • 18 minutes ago
सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर हुम्लामा रोक लगाइयो

सिमकोट । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० ग

'सरकारको नेतृत्व परिवर्तन हुँदैन'

  • 21 minutes ago
'सरकारको नेतृत्व परिवर्तन हुँदैन'

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।