अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

सिमकोट । प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उनी यहाँ आइपुगेका हुन् ।

 

जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न आफू हुम्ला आएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । प्रदेशबाट आएका कार्यक्रमको प्रगति भए नभएको अवस्थाबारे बुझ्न र दुर्गम जिल्लामा हिउँदकोको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको भरमा जिम्मा लगाउने रोग पुरानै भएकाले यसको अन्त्य गरीने मुख्यमन्त्री शाहीले बताए । सङ्घ, प्रदेश र स्थानीयतह तीनवटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा विकासका लागि विनियोजन गरिएको बजेटले केही काम नगर्ने मुख्यमन्त्री शाहीले बताए । विकासका लागि कार्यक्रम टुक्राटुक्रा नगरी एकीकृत बनाएर गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । 

 

उनले ग्रामीणबस्तीमा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा कर्णाली प्रदेश सरकारले राखेको नारा ‘समृद्ध कर्णाली, सुखी  कर्णालीवासी’को लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।

 

हुम्लाका नेकपाका पार्टी कार्यकर्तासँग अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसंँग तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम रहेको मुख्यमन्त्रीका सचिवालयका सदस्य लोकेन्द्र शाहीले जानकारी दिए । हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमी लाप्चा क्षेत्रको स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

  • 15 minutes ago
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक

पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

  • 18 minutes ago
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।

पोखरामा थप २१ जनामा कोरोना संक्रमण

  • 23 minutes ago
पोखरामा थप २१ जनामा कोरोना संक्रमण

कास्की । पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।