प्रचण्ड र कर्णालीका मुख्यमन्त्री शाहीबीच भेट

  • बिहीबार, २९ असोज, २०७७
  • 3 months ago
  • नेपाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेटवार्ता गरेका छन् । पार्टीको निर्देशनमा काठमाडौँ आएका शाहीले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

 

भेटमा पछिल्लो समय कर्णाली प्रदेश सरकार ढाल्नको लागि आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न परिस्थितिबारे दुई नेताबीच छलफल भएको हो ।

 

कर्णाली दलका नेता समेत रहेका शाही र अविश्वासको प्रस्तावको नेतृत्व गर्ने यामलाल कँडेल पार्टी केन्द्रको निर्देशनमा काठमाडौँ आएका हुन् । उनीहरुसँग अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले विवादबारे छलफल गर्ने भएका छन् ।

 

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबारको लागि संसदीय दलको बैठक बोलाएका थिए । तर, मुख्यमन्त्री शाहीले शाहलाई बर्खास्त गरेर सोमबार सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए । सोही क्रममा माधवकुमार नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीलाई नै सहयोग गरेपछि ओली पक्षका कँडेल समूह अल्पमतमा परेका थिए । नेपाल पक्षका नेतासँगको सहमतिपछि मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।

 

सो घटनापछि ओली र प्रचण्डले मुख्यमन्त्री शाहीसँगै उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेताहरुलाई समस्या यथावत राखी पार्टी केन्द्रीय कार्यालयमा दुईदिनभित्र उपस्थित हुन निर्देशन दिएका थिए।

 

 

कर्णालीमा नेकपाका ३३ जना सांसद छन् । एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् भने माओवादीका १३ जना सांसद छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

  • 27 minutes ago
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक

पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

  • 30 minutes ago
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।

पोखरामा थप २१ जनामा कोरोना संक्रमण

  • 35 minutes ago
पोखरामा थप २१ जनामा कोरोना संक्रमण

कास्की । पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।