Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलक्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य


काठमाडौँ । नेपालले एकदिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडाबाट २३३ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओपनर नवनित धलिवालले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएर नेपाललाई सो लक्ष्य दिएको हो ।

क्यानडाका ओपनर धलिवालले सबैभन्दा धेरै ५० रन बनाए । निखिल दत्तले ६२ बलमा दुई चौका र एक छक्कासहित ४५ रन थपे । आक्रमक रूपमा प्रस्तुत भएका कप्तान साद बिन जफरले १५ बलमा तीन चौका र दुई छक्कासहित अविजित ३१ रन जोडे । हर्ष थाकेरले ५७ बलमा दुई चौकासहित २९ रन बनाए । श्रेयस मोभ्वाले २५ र श्रीमन्था विजयरत्नेले २२ रन थपे ।

नेपालका ‘डेब्युट्यान्ट’ हेमन्त धामीले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चंदै क्यानडाका ओपनर आरोन जोन्सन, दिलोन हाइलिजर र श्रेयान्स मोभ्वालाई पभेलियनको दिशा देखाएका हुन् ।

कुशल मल्लले दुई विकेट लिए । किफायती बलिङ गरेका मल्लले १० ओभरमा एक मेडन फ्याँक्दै ३८ रन मात्र खर्चिए । ललितनारायण राजवंशी र आकाश चन्दले समान एक विकेट लिए ।

तीन खेलको शृंखलाका निम्ति नेपाल भ्रमणमा रहेको क्यानडाले यसअघिका दुवै खेल हारको थियो । नेपालले पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटको जित निकालेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT