कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्नः मुख्यमन्त्री शाही

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकासमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

 

जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उनले यो प्रदेशलाई गरीबीको उपमा दिए पनि यहाँको विकासका लागि आर्थिक स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

 

“कर्णालीको योजनाबद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको छ”, मुख्यमन्त्री शाहीले भने, “अब परिणाम देखिनेगरी काम गर्छौं ।” प्रदेश योजना आयोगले प्रदेशको बहुआयामिक विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको बताउँदै उनले तीनवटै तहको सहकार्यमा मात्र कर्णालीको विकास अभियान अगाडि बढ्ने धारणा व्यक्त गरे । 

 

मुख्यमन्त्री शाहीले भने, “विकास दाताले नभई जनताले गर्छन् बरु दाता निकायको सहयोगी भूमिका हुन्छ ।” 

 

विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्दै लैजानुपर्नेमा जोड दिदैं कृषि, उद्योग, पर्यटन, जडीबुटीलगायत क्षेत्रमा उत्पादनमूलक योजना निर्माण गरेर काममा लाग्न आग्रह गरे । 

 

मुख्यमन्त्री शाहीले स्रोतको सदुपयोग र दिगो विकासमा ध्यान नदिए वा जनतालाई उत्पादनमूलक काममा नजोडेसम्म समृद्धि प्राप्त नहुने बताउँदै “जननिर्वाचित तपाईं हामी सबै जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्दछ”, भने । 

 

नकारात्मक सोच र राजारजौटाको जस्तो शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने उल्लेख गर्दै उनले जनप्रतिनिधिहरु जनताको सेवक बनेर काम गर्नुपर्नेमा जोड दिए । 

 

सभामा स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावका कारण आफूहरुलाई काम गर्न गाह्रो भएको गुनासो गरे । कर्मचारी आपूर्तिमा सङ्घीय सरकारले उदासीनता देखाएको भन्दै उनीहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गरे । 

 

कार्यक्रममा राजनीतिक दलका नेता तथा अधिकारकर्मीले कालीकोटको विकास र समृद्धिका लागि सुनथराली विमानस्थल सञ्चालन गर्नुपर्ने, कर्णाली राजमार्गको स्तरोन्नति, गुणस्तरीय एवं रोजगारमूलक शिक्षाको व्यवस्था, साना तथा मझौला उद्योगको विकास, पर्यटन र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । 

 

यसरी धारणा राख्नेहरुमा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्यद्वय जीवन बुढा, नरपति सुनार, प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही र सोशीला शाहीलगायत रहेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

  • 1 minute ago
अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

  • 13 minutes ago
बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

  • 43 minutes ago
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।