‘भाषा संस्कृतिको रक्षा गर्नु अबको चुनौती’

फाइल फोटो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा, संस्कृति एवं विभिन्न जातजातिका वेषभूषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन् । नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण हुने मगर सांस्कृतिक सङ्ग्राहालयको आज शिलान्यास गर्दै उनले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको वेषभूषाको प्रयोग गर्नुपर्ने बताए ।

 

मुख्यमन्त्री शाहीले मुलुकको सामाजिक, राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । राजनीतिक आन्दोलन समाप्त भएको भन्दै उनले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे । “मगर संस्कृतिको रक्षा अरु कुनै जाति र समुदायले गर्दैनन्, तपाईंहरु आफँैले गर्ने हो, मगर भाषा लोप हुन थालेको छ”, उनले भने, “भाषा लिपि तयार गर्नुस्, छोराछोरीलाई पढाउनुस्, आफ्नो भाषाप्रति गौरव गर्नुस् ।” 

 

बजेट अभावकै कारण सङ्ग्राहालय निर्माणमा अवरोध नहुने उनको भनाइ थियो । “बहुउद्देश्यीय प्रकृतिको दीर्घकालीन संरचना बनाउनुस्, प्रदेश सरकारले बजेट अभाव हुन दिँदैन्”, मुख्यमन्त्री शाहीले भने । मगर सङ्घका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गरेको दुई कठ्ठा जग्गामा रु तीन करोड ६८ लाख ६८ हजार लागतमा सङ्ग्राहालय निर्माण शुरु गरिएको छ । 

 

निर्माण समितिका संयोजक आशुराम सोमैमगरले प्रदेश सरकारले रु ७५ लाख, सुर्खेतका सांसद नवराज रावतले रु १० लाख र मगर समुदायबाट चन्दा सहयोग गरी करीब रु एक करोड ५० लाख सङ्कलन भएको बताए । विद्युतीय भ¥याङसहितको पाँचतले भवनमा प्रादेशिक मगर सङ्ग्राहालय, पार्टीप्यालेस, पुस्तकालय, मगर सङ्घको प्रशासनिक भवन, सङ्घअन्तर्गतका भातृ संस्थाका कार्यालय, बुद्ध पूजाकक्ष र सभाहल रहनेछन् । भवन परिसरमा जग्गादाता जहरसिंह थापाको अर्धकदको प्रतिमा राखिनेछ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल

  • 5 minutes ago
ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू होः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिकमात्र नभई संवैधानिक कू भएको आरोप लगाएका छन् । काठमाडौँ उपत्य

ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल

  • 21 minutes ago
ओलीको प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएः झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्याउनको लागि आम नेपाली सडकमा उत्रिएको बताएका छन् । शुक्रबार

भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

  • 33 minutes ago
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाई भुसालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शु



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।