महाराष्ट्रमा कोरोना नियन्त्रणबाहिर, अस्पतालमा छैन बेड, एक छोराले भनेः मेरो पितालाई इन्जेक्शन दिएर मारिदेउ बरु

एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना नियन्त्रणबाहिर गएको छ । जिल्लामा मेडिकल व्यवस्था अस्तव्यस्त भएको मिडिया रिपोर्टमा उल्लेख छ । कुनै पनि अस्पतालमा बेड खाली रहेको छैन । जसका कारण परिवारजनहरु बिरामीलाई एम्बुलेन्समा लिएर अस्पतालको खोजीमा दौडिरहेका छन् । 

चन्द्रपुरमा प्राइभेट अस्पताल पनि भरिएका छन् । बिरामीहरुलाई लिएर केही आफन्तहरु तिलंगना समेत पुगेका छन् । अन्य राज्यमा पनि बेड छैनन् । एक जना बिरामीका छोरा आफ्ना पितालाई लिएर यताउता दौरिहेका थिए । 

 

तर, उनले पितालाई बेड दिलाउन सकेनन् । निकै आत्तिएका र भावुक भएका उनले आफ्नो पितालाई कि बेड उपलब्ध गराउन वा इन्जेक्सन दिएर मृत्यु दिन हारगुहार गरेका थिए । 

 

महाराष्ट्रको चन्द्रपुरमा ७१ वर्षका एक पितालाई एम्बुलेन्समा अक्सिजन लगाएर उनी अस्पतालको चक्कर काटिरहेका थिए । उनलाई कोरोना भएको थियो । छिमेकी राज्यमा पनि भेन्टिलेटरसहितको बेड उनले पाउन सकेनन् । जसका कारण उनको पिताको अवस्था एम्बुलेन्समा नै जीवन मरणको दोसाधमा रहेको थियो । 

एकपछि अर्को अस्पतालमा बेड छैन भन्ने जबाफ मात्र आउथ्यो । 

 

ती संक्रमितका छोेरा सागर नारशेट्टीवारले आफ्नो पितालाई पछिल्लो तीन दिनदेखि अस्पतालमा बेड पाउन चक्कर काटेको तर नपाएको बताए ।

उनले भने,‘सरकारी र निजी अस्पतालमा मैले बेड पाउन सकिन । म तिलंगना समेत पुगे । तर, बेड पाउन सकिन । त्यसपछि म पुनः चन्द्रपुर कोभिड अस्पताल फर्किए । प्रशासन अगाडि उभिएर मैले मदतको गुहार लगाए । उनका बिरामीहरुलाई भने अस्पतालमा बेड मिलेको थियो । मेरो बुबाको अवस्था यस्तो थियो कि मैले उहाँलाई घर लिएर जाने अवस्था पनि थिएन । मैले मेरो पिताको उपचार गर्नका लागि ८५० किलोमिटर मुम्बई देखि चन्द्रपुर  पुगे । तर, स्वास्थ्य सुविधा अस्तव्यस्त भएका कारण मैले मेरो बुबालाई एउटा बेड पनि दिलाउन सकिन । अस्पतालदेखि मसानघाटसम्म अवस्था निकै खराब रहेको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 4 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 4 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 4 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।