अनेसासले मनायो महानन्द जयन्ती

Norvic Hospital

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ  जन्मजयन्ती  मनाएको छ । ‘नेपाली निर्वचन’ नामक ग्रन्थका लागि दर्शन–विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् ।

 

अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ‘अनेसास अनलाइन संवाद’को ५४औँ श्रृङ्खलाको रुपमा प्रस्तुत गरिएको हो ।

 

वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको पहिलो सत्रमा डा. शंकर सुब्बा फागो, तेराख, राधेश्याम लेकाली, गीता सापकोटा, महेश प्रसाई, डा. संजीव सापकोटा, रोहिणी शर्मा, सुशील पौडेल, सर्वज्ञ वाग्ले, किरण मानिके, रमाकान्त सापकोटालगायतले साहित्यकार महानन्द सापकोटाको बारेमा प्रकाश पारेका थिए ।

 

यसैगरी कार्यक्रमको दोस्रो सत्रमा आयोजित कविता प्रतियोगीतामा दुई दर्जन प्रतियोगी कविले कविता वाचन गरे । वाचित कविता मध्येबाट प्रभा भट्टराई, पदम विश्वकर्मा र गोवर्द्धन पूजा संलग्न निर्णायक समितिले केशव भण्डारी (नेपाल), विन्दा पराजुली (जापान) र रत्न विरही (नेपाल)को कवितालाई उत्कृट तीन छनोट गरेर जनही एक–एक सय अमेरिकी डलर नगद पुरस्कारले सम्मानित गरेको छ । पुरस्कारको प्रायोजन अनेसास बोर्डअफ ट्र्स्टीका सल्लाहकार रोहिणी शर्माले गरेका हुन् ।

 

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि कविहरू तीर्थराज अधिकारी, पुरु सुवेदी, राम लामा अविनाशी, राजेन्द्र श्रेष्ठ, विमला निरौला, तारा अधिकारी, चन्द्रा न्यौपाने, हरिलाल शर्मालगायतले पनि सिर्जना वाचन गरे ।  

 

पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० मा जन्मेका सापकोटाको २०३५ साल असार १ मा देहावसान भएको थियो । अनेसासले विगत पाँच वर्षदेखि वार्षिक रुपले सापकोटाको सम्मानमा कार्यक्रम गर्दै आएको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रहरी हत्या घटनाः नौ जनालाई जन्म कैदको फैसला

  • 8 minutes ago
प्रहरी हत्या घटनाः नौ जनालाई जन्म कैदको फैसला

धनगढी । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

कोरोना मुक्त भयो ताप्लेजुङ

  • 15 minutes ago
कोरोना मुक्त भयो ताप्लेजुङ

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

  • 24 minutes ago
प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन्। दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्नलाई प्रधानन्यायाधीश जबराले आफ्नै इजलास तोकेका हुन्। प्रधानन्यायाधीश जबराले



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।