महाभारतका पात्र मुकेश खन्ना (भिष्म पितामह) ले हालसम्म पनि किन विवाह गरेनन् ?

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् मुकेश खन्ना । उनको शक्तिमानको भुमिकालाई लिएर आज पनि उत्तिकै चर्चा हुने गरेको छ । महाभारतमा भिष्म पितामहको भुमिका निर्वाह गरेका उनले त्यसपछि कहिल्यै पनि आफ्नो करिअर ओरालो नलागेको बताएका थिए ।

 

उनी हालसम्म पनि अविवाहित रहेका कारण पनि धेरैले उनलाई अविवाहित रहनुको प्रश्न गर्दै आइरहेका छन् । उनले यसबारे एक अन्तर्वार्तामा जबाफ दिएका छन् ।

 

उनले भनेका छन्, 'यदी मेरो भाग्यमा विवाह लेखेको छ भने अवश्य हुनेछ । मैले यसबारे केही बोल्दा विवादमात्र हुनसक्ला तर, विवाह भने हुनसक्दैन । यो माथिबाटै भगवानले जुराएको हुन्छ ।' 

 

उनी अगाडि भन्छन्, 'केही मानिसलाई लाग्छ मैले भिष्म पितामहको भुमिका निर्वाह गरेका कारण अविवाहित रहने निर्णय गरे । तर, भिष्म पितामह मेरो आदर्श हुन् । म उनको सम्मान गर्छु । तर, विवाहका लागि उहाँबाट भने प्रेरित भएको छैन । म विवाहको विपक्षमा पनि छैन । मैले विवाह नगर्ने प्रतिज्ञा पनि लिएको छैन । तर, विवाह भनेको भाग्यको खेल नै हो । यसका लागि दुई जना मानिसको भाग्य मिल्नु आवश्यक छ । यो विवाद म यही सकाउन चाहन्छु ।' 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 5 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 21 minutes ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 28 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।