पार्टीको नीति र कलमको प्रचारमा जुट्न कार्यकर्तालाई माधव नेपालको निर्देशन
- सोमबार, १३ आषाढ, २०७९
- 1 month ago
- राजनीति
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नीति र कलमको प्रचारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। आजबाट काठमाडौँमा सुरु भएको प्रथम केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सो निर्देशन दिएका हुन्।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीलाई शक्तिशाली बनाउने काममा लाग्न निर्देशन दिएका छन्। चाँडै प्रतिनिधि सभाको निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिएका हुन्। त्यस्तै, पार्टीले गरेको कामको प्रचारमा लाग्न समेत अपिल गरेका छन्।
उनले निर्वाचनमा धेरैभन्दा धेरै मत ल्याउन वडा र पालिकाबाट पार्टीलाई सशक्त बनाउनुपर्ने अध्यक्ष नेपालको भनाई छ। स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षाकृत फाइदा नभएको नेपालले उल्लेख गरे। अध्यक्ष नेपालले आगामी आम निर्वाचनले गठबन्धनको भविष्य निर्धाण गर्ने उल्लेख गरे।
न्याय र समानताका पक्षमा जुट्नुपर्ने आवश्यकता रहेको नेपालको भनाई छ। उनले नेपाली विशेषताको समाजवादलाई जनताको अगाडि सार्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। उनले निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा निस्वार्थ रुपमा भूमिका खेल्नुपर्ने जिम्मेवारी रहेको बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’द्वारा चुनाव चिन्ह ‘लौरो’ सार्वजनिक
- 3 minutes ago

काठमाडौँ। ‘एक्लाएक्लै होइन, सँगसँगै हिँडौं भन्ने भावना, सुस्पष्ट विचार र कार्यक्रमका साथ नयाँ दल, व्यक्तिहरू र अभियानहरूलाई समेटेर एउटै चुनाव चिन्ह लौरोलाई वृद्धवृद्धाहरूले सहाराको रूपमा टेक्ने र
विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु
- 10 minutes ago

एजेन्सी । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति भण्डारीलाई आग्रह
- 10 minutes ago

काठमाडौँ। नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषा
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।