मधेस प्रदेश कोरोना मुक्तः ८२ प्रतिशतले लगाए पूर्ण खोप
- शुक्रबार, २३ बैशाख, २०७९
- 1 month ago
- स्वास्थ्य

जनकपुर । मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।
कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए ।
सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१ , सिरहामा १३५ , धनुषामा १३२ , पर्सामा १३२ , रौतहटमा १२९ , सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ ।
यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको निर्देशक झाले बताउनुभयो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट विधानसभा प्राथमिक निर्वाचनमा विजयी
- 1 minute ago

डिसी । न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन् । तर, आगामी नोभेम्बर महिनामा श्रेष्ठले रिपब्लिकनका प्रतिस्पर्धा गर्नुपर्नेछ ।
हाम्रो पात्रोले सुरु गर्यो ईलर्निङ्ग प्याल्टफर्म
- 6 minutes ago

काठमाडौँ । आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना
- 23 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।