‘लकडाउनमा माछापुच्छ्रे बैंकको अफरै अफर’
- मंगलबार, १ आषाढ, २०७८
- 1 year ago
- अर्थ
- अन्तर्वार्ता

आफुलाई थप सुधार गर्दै पछिल्लो समय माछापुच्छ्रे बैंकले उच्च स्तरीय डिजिटल सेवा प्रदान गर्नतर्फ होमिएको देखिन्छ । रुपान्तरित सेवामा बैंकले आफुलाई कही कतै कमी राखेको देखिँदैन । बैंकले ग्राहकका साना भन्दा साना ‘प्राक्टिकल’ समस्याहरुलाई ध्यानमा राखी समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको देखिन्छ । यती मात्र नभई वर्तमान अवस्थामा माछापुच्छ्रे बैंकले आफुलाई स्मार्ट बैंकको रुपमा पनि परिचित गराइरहेको छ ।
लामो समयको लकडाउन र तिब्र गतिमा फैलिएको कोभिडका कारण मुलुक नै डिजिटल प्रणालिमा जानुपर्ने बाध्यता खडा भएको सबैले महशुस गरिएको छ । खाता खोल्ने, ऋण लिने, भुक्तानी गर्ने, पैसा पठाउने जस्ता आधारभूत बैंकिङ्ग सेवाहरू अहिले घरघरमै डिजिटल माध्यमबाट उपलब्ध छन् । अहिलेको पुस्ता प्रविधिसँग अभ्यस्त हुन थालेकाले बैंकहरूले पनि प्रविधिमा आधारित ‘प्रोडक्टहरु’ थपिरहेका छन् । उनीहरुकै माग बमोजिम विविध नयाँ प्रोडक्टहरु आफुहरुलै पनि ल्याएको बैंकमा डिजिटल बैंकिङ प्रमुखको रुपमा कार्यरत सुनील खतिवडा बताउँछन् । उनी भन्छन्, ‘डिजिटल प्रणालीमा हामीले ल्याएका अफरहरु देखेर यतीबेला आम ग्राहकहरु छक्क परेका छन् । स्वास्थ्य उपचार खर्चमा ऋण, विद्यार्थीहरुले लिने क्रेडिट कार्डदेखि ग्राहकहरु लक्षिण विभिन्न छुटसम्मका अफरहरु हामीले प्रदान गरिरहेका छौँ । त्यसैले त हामी अहिले अगाडि बढेका छौँँ ।'
माछापुच्छ्रे बैंकका केही नयाँ अफरहरु:
स्थापनाको २१ वर्षमा आईपुग्दासम्म बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा बढि शाखाहरु सञ्चालनमा ल्याएको छ । अन्य शाखा रहित बैकिङ्ग कारोबार, एक्सटेन्सन काउन्टरहरु पनि सञ्चालित रहेको खतिवडा बताउँछन । यति धेरै हिमालदेखि पहाड हुँदै तराईसम्मका बासीन्दालाई कोभिडको संकटलाई व्यवस्थापन गर्ने हिसाबले बैंकले ‘एमबीएल केयर क्रेडिट’ को सुविधा संञ्चालनमा ल्याएको छ । यसले आम ग्राहकलाई पैसा नभएको संकटको बेलामा ठुलो सहयोग पुगेको खतिवडाको जिकिर छ ।
एमबीएल केयर क्रेडिटः स्वास्थ्य उपचारका लागि १० लाखऋण
यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुनील खतिवडाले बताए । उनले भने, ‘उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाखसम्मको रकम प्रदान गर्नेछ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नेछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकले अनलाइन आवेदन दिन सक्नेछन् । मासिक आम्दानी हुनेले यस्तो खालको कर्जा सहजै उपलब्ध गराइने र धेरै झनझट पनि बेहोर्न नपर्ने खतीवडाले बताए ।
माछापुच्छ्रेको रेमिट एप वालेट अफरः युरोकपको प्रेडिक्ट गर्दा ५० हजारसम्म जित्ने मौका
माछापुच्छ्रे बैंकले बैकिङ्ग क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याएको डिजिटल वालेट रेमिट एपको प्रयोग गर्दा विभिन्न अफरहरु पाउन सकिन्छ । हालसालै सूरु भएको युरोकपलाई मध्यनजर गर्दै उक्त एपमा कुन टिमले जित्ला भनी प्रेडिक्ट गर्दा ग्राहकहरुले ५० हजार रुपैँयासम्म जित्न सक्ने बताइएको छ । सुनिल खतिवडाले उक्त रेमिटट्याप एपको प्रयोगबाट ग्राहकले युरोकपमा ‘प्रे्रडिक्ट एण्ड विन’ मार्फत ग्राहकले दैनिक १००० रुपैँयासम्म जित्ने बताए । उक्त रेमिट एपमा रिर्चाज कोर्दा क्यासब्याक अफर पनि छ । उनका अनुसार रेमिट एपको प्रयोग गरी विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रमा नयाँ नयाँ खोजर अनुसन्धान गर्दै नयाँ सेवा सुविधा भित्र्याउने क्रममा रेमिट एप सार्वजनिक गरिएको र सो एपको मद्दतले डिजिटल कारोबारलाई थप सार्थकता प्रदान गर्ने उनले बताए । यस्तै रेमिट एपबाट पठाइएका रेमिट्यान्स देश भरी रहेका ७ हजारभन्दा बढी रेमिट एजेन्टबाट ग्राहकले तुरुन्तै नगद भुक्तानी लिन सक्ने बैंकले जनाएको छ। भर्चुअल कार्डको प्रयोग गरी भुक्तनी गर्ने, रेमिट पठाउनको साथै साथीलाई रेमिकार्ड गिफ्टसमेत पठाउन सक्ने नयाँ फिचरहरु सो एपमा रहेका छन । यसमा भएको टेक्नोलोजीका कारण र नेपाली भाषामा समेत एपको प्रयोग गर्न ग्राहकलाई अत्यन्तै सहज सरल र सुरक्षित रहेको बैंक खतिवडाले बताए । ग्राहकले बैंकको रेमिट्याप एप एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्ने सक्नेछन् ।
चुनौतीका बाबजुत पनि डिजिटल रुपातरणमा खटेका छौँः खतिवडा
कोभिड सुरु भएपछि बैंकका सिमित शाखाहरु मात्रै खोलिए । घरबाटै डिजिटल बैंकिङ कारोबार पनि सबै ग्राहकहरुलाई सम्भव भएन । त्यसैले माछापुच्छ्रे बैंकले डिजिटल प्रणालीमा आउने सम्पूर्ण समस्याहरुको हल गर्नका लागि हामीले छुट्टै ‘टाक्स फोर्स’ बनाएको छौँ । हाम्रो बैंकको वेवसाईटमा हामीले सो टिमको फोन नम्बर राखेका छौँ । केही समस्या परे आम ग्राहकहरुलाई सोही टिमको नम्बरमा फोन गर्न म आग्रह गर्दछु । डिजिटल सेवाको दौडमा विभिन्न चुनौती पनि छन । डिजिटल बैंकको पूर्वाधार तयारीमा कति खर्च गर्ने भन्ने सीमितता छैन । ग्रामीण भेगमा यसको सेवा विस्तार गर्न कठिन छ । स्मार्ट फोन हातमा भएर पनि ग्राहकहरु त्यती विश्वस्त भएर लाग्न सकिरहेका छैनन । एकातिर कस्तो खालको सिस्टम र कस्तो उपकरण राख्ने भन्ने हुन्छ छ भने अर्कोतिर हाम्रो अहिलेको आवश्यकता के हो ? ग्राहकले प्रयोग गर्नसक्ने रुचीका प्रोडक्टहरु के–के हुन ? भन्ने पनि छ । यस्ता समस्याहरुलाई कम गर्दै लैजानुपर्नेमा हामीले जोड दिएका छौँ ।
(बैंकमा डिजिटल बैंकिङ प्रमुखको रुपमा कार्यरत सुनिल खतिवडासँगको कुराकानीमा आधारित)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको छः खेलकुदमन्त्री
- 3 minutes ago

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन्। मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको
कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटको बाढी–पहिरो ग्रस्त क्षेत्रको निरीक्षण
- 9 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट–१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट–१ को तादीखोलामा आएको बाढीले
राजधानीमा गाईजात्राको रौनक
- 10 minutes ago

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।