प्रेमले उमेर नपुग्दै आमा बन्न बाध्य हुँदै १३ वर्षीय बालिका
- शुक्रबार, २१ मंसिर, २०७५
- 3 years ago
- नेपाल

काठमाडौं । सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध झन बढी गहिरो बन्न पुग्यो। तर, त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य हुँदैछिन स्याङ्गजा कि एक बालिका।
केटाले अरुसँग विहे गरादिने डरले बालिकालार्इ आफ्नो बनाउनकै लागि दुबैको सहमतिमै सम्बन्ध भएको देखिन्छ। अल्लारे प्रेमले दुबै जनालाइ अहिले अप्ठेरोमा पारेको छ।
बालिकाले भनिन्– ‘हामी बिच प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाइ छाड्न सक्दैनौ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफुले बच्चालाई जन्म दिने बताइन।
‘१३ वर्ष ८ महिना १० दिनकी भएकि बालिका विधालय जादा टाउको दुख्ने, पेट दुख्ने हुँदा उनलाइ सिटामोल मात्र दिइयो, ३ महिना अगाडि विधालयकी एक शिक्षिकाले होमवर्क जाच्ने क्रममा पेट ठूलो देखिए पछि मात्र गर्भवती हुन लागेको कुरा बाहिर आयो’ थ्री एन्जल्स नेपालका प्रशासकिय सचिव भिम पौडेलले भने।
परिवारको सम्पर्कमा भएको उनलाइ कुनै क्षति नहुन दिनको लागि आफुहरुले केयर सेन्टरमा राखेको पौडेलले जानकारी दिए ।
उनका प्रेमीलाई भारतबाट झिकाएर स्याङ्जा प्रहरीको जिम्मा लगाइएको छ। कानुनले १६ वर्ष भन्दा मुनिका बालिकालाइ सहमतिमै सम्बन्ध भएपनी त्यसलाइ जवरजस्ती करणिकै मुद्वा लाग्ने कास्की प्रहरी प्रमुख ओम रानाले बताए।
“उमेर पुगेपछी दुबैले विहे गर्ने भनेका छन, अहिले बालिका केयर सेन्टरमा रहेकि छन् र केटा प्रहरी नियन्त्रणमा छ’ रानाले भने ।
बालिकाको अवस्था सामान्य रहेको पश्चिमाञ्चल अस्पतालले जानकारी दिएको पौडेलले बताए । डाक्टरले मंसिर १७ गतेको समय दिए पनि आझै बच्चा पाउन सकेकी छैनन्। आजको समाचारपत्र दैनिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार
- 2 minutes ago
काठमाडौँ। काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक स
रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ
- 6 minutes ago

लुम्बिनी । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्
अर्थ मन्त्रीमा ‘आई एम द स्टेट’ भन्ने दम्भ पलायोः ओली
- 13 minutes ago
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट अब बजेट नरहेको बताएका छन्। सोमबार संसदमा बोल्दै अध्यक्ष ओलीले बजेट बनाउँदाका सबैजसो मूल्य, मान्यता अर्थ मन्त्री जनार्दन शर्माल
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।