लण्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

Norvic Hospital
  • आइतबार, ३ असोज, २०७८
  • 3 weeks ago
  • युके

लण्डन । बेलायतको लण्डनस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य  सम्मेलनको औपचारिक शुरुवात भएको छ । बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्रीउमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका हुन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरु देखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसारभरि रहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए । उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए ।

 

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रसस्त सम्भावना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गरे । शर्माले संघ कोरोना महामारीमा बिदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको बताए ।

 

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना  गरिएको स्वास्थ्य  सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए । महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए ।

 

उनले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने जानकारी दिए।

 

नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिट ले ब्रिटेन ले नेपालको स्वास्थ्य सेवा लाई बलियो बनाउन लामो समय देखि सघा उदै आएको बताइन् । उनले कोभिड १९ संग जुध्न ब्रिटेनले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

 

उनले सबै जनतालाई खोप पुराउन तथा कोभिड १९ सँग जुध्न नेपाल सरकारले गरिरहेको काममा सघाउन अन्तर्राष्ट्रिय समुदाय तयार रहेको पनि बताइन् । सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको स्वास्थ्य परिक्षण तथा च्यारिटी डिनर आयोजना गरिएको जानकारी  दिए ।

 

सम्मेलनका लागि यूके संयोजक डा. सुनील साहले हामीले यो महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ भन्ने विषयमा छलफल भै रहेको बताए । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला,  नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्रा मन कुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि लगायतका वक्ताले शुभकामना दिएका थिए ।  

 

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा. पदम सिम्खडा तथा डा बोधराज सुबेदीले  सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए । त्यस्तै डा एलिनी सुवेदी पोखरेलले संघको स्वास्थ्य समितिले भारतमा संचालन गरेको कार्यक्रमबारे जानकारी दिइन्।  

 

कार्यक्रमको संचालन आयोजक समिति सदस्य प्रसुना कँडेलले गरेकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबै सहभागीहरुलाई स्वागत गरेकी थिइन् ।

 

शुक्रबार बिहान भर्चुएल माध्यमबाट शुरु भएको सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।