बेलायतको जनसंख्या छ करोड ६० लाख नाघ्यो, वृद्धिदर भने न्यून

लण्डन । बेलायतको जनसंख्या छ करोड ६० लाख नाघेको तथ्य औपचारिक रुपमा बिहीबार सार्वजनिक गरिएको छ ।

 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१७ को जुनको अन्त्य देखि अहिले सम्ममा तीन लाख ९२ हजार जनसङ्ख्या थपिएको छ । 

 

इङ्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डबाट थपिएका ती व्यक्तिहरूसहित अहिले बेलायतको कुल जनसंख्या छ करोड ६० लाख ४० हजार २२९ पुगेको छ । 

 

पहिलाको र अहिलेको जनसङ्ख्याको तुलना गरेर हेर्दा कुल जनसंख्या वृद्धिदर भने ०.६ प्रतिशत मात्रै रहेको छ । यो वृद्धिदर सन् २००४ को मध्यदेखि अहिले सम्मकै सवैभन्दा कम रहेको बताइएको छ । 

सन् २०१६ को जुनको अन्त्यसम्ममा बेलायतको जनसङ्ख्या पाँच लाख ३८ हजार वृद्धि भएको थियो । जुन सन् १९४८ देखिकै सवैभन्दा धेरै वृद्धि थियो । 

 

अहिले वृद्धि भएको मध्ये ४१ प्रतिशत प्राकृतिक वृद्धि हो । जन्मेकाको संख्याबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन देखिने वृद्धिलाई प्राकृतिक वृद्धि भनिन्छ । त्यसबाहेक अरु ५९ प्रतिशत भने बसाईसराइका कारण बृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

 

सन् २०१७ को मध्यसम्म पाँच लाख ७२ हजार जना बसाइसराइ गरेका थिए । सोही अवधिमा ३४ हजार दुई सय जनाले मुलुक छाडेका थिए । जबकि अघिल्लो बर्ष सोही अवधिमा २८ हजार जना देशबाट बाहिरिएका थिए । 

 

देश भित्रिने र देश छाड्नेहरूको जनसंख्याका आधारमा हेर्दा आप्रवासीहरूको जनसङ्ख्या नौ प्रतिशतले वृद्धि भएको छ । 

 

जनसङ्ख्या वृद्धि र बसाइँसराइको तथ्याङ्क यस्तो हुनुमा यूरोपेली यूनियनबाट बेलायत बाहिरिनु नै मुख्य कारण भएको कार्यालयले जनाएको छ । 

 

बेलायतमा बसाइँ सर्नेहरूमध्ये सवैभन्दा धेरै रोमानियाली रहेका छन् । उनीहरूको संख्या ५० हजार रहेको छ । त्यसपछि चीन, भारत, फ्रान्स र पोल्याण्डका पनि धेरै आप्रवासी बेलायतमा बसोबास गर्छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 1 hour ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 1 hour ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

  • 1 hour ago
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।