मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद

  • शुक्रबार, ७ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन । कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो । 

 

राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र  मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । आयोजना निर्माण भएपछि धादिङ र गोरखामा गरी झण्डै ७० किमी सडक डुबानमा पर्ने मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए । यसबाहेक लमजुङलगायतका जिल्लामा पनि सडकको ‘एलाइनमेन्ट’ परिवर्तन गर्नुपर्ने माग भएको छ । कतिपय स्थानमा आफ्नो घरबाट जानुपर्ने माग भएको त कतै सडकको अधिकार क्षेत्रका कारण पछि घर भत्कने भन्दै अर्कातिरबाट लैजान माग भइरहेको छ । उनले भने, “यी स्थानमा पनि योजना कार्यालयहरुले आवश्यक समन्वय गरिरहेका छन् ।”

 

आयोजना निर्माण सम्पन्न गर्न तोकिएको अवधि झण्डै तीन वर्ष बाँकी हुँदा अझै कतिपय स्थानमा ‘एलाइनमेन्ट’ परिवर्तनको माग भएको छ । त्यस्ता समस्या भएका स्थानमा बाहेक अन्यत्र तोकिएको अवधिमा आयोजना सम्पन्न हुने प्रमुख केसीले बताए । कतिपय स्थानमा मध्यपहाडी लोकमार्गकै स्तरमा नसकिए पनि सडक निर्माण गरिसकिने उनको जिकिर छ । उहाँले भन्नुभयो, “आव २०७९र८० सम्ममा पूरै सडक मोटर गुड्ने हुनेछ ।”

 

राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी आव २०६४र६५ बाट आयोजना शुरु गरेको हो । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।  

 

सरकारले आव २०६९र७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ । यस राजमार्र्गको कुल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ । झण्डै ८७९ किमी नयाँ  सडक निर्माण गर्ने कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 7 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 7 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 7 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।