लकडाउन गरेको सरकारले सिड्नी वरपरका कामदार तथा व्यवसायीलाई १० हजार डलरसम्म राहत दिने

सिड्नी । दुई साता लामो लकडाउनमा बसेका अष्ट्रेलियाको न्यु साउथ वेल्सको सिड्नीवासीहरुले राहत पाउने भएका छन् । राज्यकी प्रिमियर ग्लाडीज बेरिजिक्लियनले लकडाउनबाट प्रभावितलाई रातह दिने घोषणा गरेकी हुन् ।

 

लकडाउनको कारण आर्थिक मारमा परेका कामदार तथा व्यवसायीहरुलाई राज्य सरकारले राहत दिने भएको हो । रान्यका अर्थमन्त्री डोमिनिक पेर्रोटेटले लकडाउन भएको सिड्नी तथा वरपरका क्षेत्रमा रहेका कामदार तथा साना व्यवसायीहरुलाई राहत प्याकेजको घोषणा गरेका हुन् ।

 

घोषणा गरिएको प्याकेजअनुसार साना व्यवसायीहरुले ५ हजारदेखि १० हजार डलरसम्म प्राप्त गर्नेछन् । उनीहरुले लकडाउनको कारण भएको क्षतिको अनुमान अनुसार राहत पाउनेछन् । जस अनुरूप व्यापारमा प्रत्यक्ष रूपमा ७० प्रतिशत गिरावट भोग्नेले १० हजार डलर, ५० प्रतिशतको कम प्रभावितले ७ हजार डलर र ३० प्रतिशत कमी आएकाले ५ हजार डलर पाउने सहायता प्याकेज पाउनेछन् । हस्पिटालिटी तथा पर्यटकीय सेवा सञ्चालकले पनि राहत पाउनेछन् । 

 

त्यस्तै, लकडाउन प्रभावितलाई संघीय सरकारले पनि ५०० डलरसम्मको कोभिड–१९ विपद भुक्तानीको व्यवस्था गरेको छ । जुलाई १ तारिकबाट लागू हुने उक्त भुक्तानी लकडाउनका कारण रोजगारीबाट हुने आम्दानी गुमाएका १७ वर्ष माथिका व्यक्तिका लागि लागू गरिएको हो । अष्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, प्रोटेक्टेड स्पेसल क्याटोगरीका साथै दक्ष कामदार पनि यस भुक्तानीका लागि योग्य हुन सक्नेछन्।

 

गत जुन २६ बाट सिड्नी वरपरका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

  • 5 minutes ago
सर्वोच्चद्वारा चार पूर्वमाओवादी नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्वमाओवादी केन्द्रका ने ताहरुको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

  • 10 minutes ago
दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताएका छन् ।

कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

  • 11 minutes ago
कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुखमा मरासिनी नियुक्त

काठमाडौँ । कोभिड युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमु



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।