लिभरपुलको लज्जास्पद हारपछि प्रशिक्षक उर्गेन क्लपले के भने ?

  • सोमबार, १९ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । गएको सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले यस सिजन पनि सुरुवाती खेलमा अपराजित यात्रा कति खेलसम्म कायम राख्ला भन्ने धेरैको चासो रहेको थियो ।

 

तर, चौथो खेलमा नै लिभरपुलको अपराजित यात्रामा ब्रेक लाग्न पुगेको छ । त्यो पनि गएको सिजन रेलिगेशनबाट बच्न संघर्षरत टिम एस्टन भिल्लाले लिभरपुलमाथि यसरी गोलको वर्षात् गर्यो कि लिभरपुलका प्रशिक्षक, पदाधिकारी र फ्यानहरु हेरेको हेर्यै भए ।

 

यस सिजन पनि लिभरपुलले आफ्नो अपराजित यात्रा लामो समयसम्म कायम राख्ने समिक्षकहरुले समेत टिप्पणी गरेका थिए ।

 

तर, पहिलो खेलमा लिड्स युनाइटेडले तीन गोल हानेपछि भने लिभरपुलको डिफेन्स लाइनमा सुधारको आवश्यकता रहेको महसुस भएको थियो । चौथो खेलमा भने विपक्षी टिमले लिभरपुलको डिफेन्स लाइन निकै कमजोर रहेको प्रष्ट पारिदिए ।

 

लिभरपुलका लागि यो शर्मनाक हारले अझ आउने खेलमा कत्तिको असर पार्ने हो त्यो भने हेर्न बाँकी नै रहेको छ । प्रशिक्षक उर्गेन क्लप पनि आफ्नो टिमको खेलदेखि सन्तुष्ट रहेका छैनन् ।

 

उनले लिभरपुलको खेलबारे टिप्पणी गर्नुभन्दा पनि मौन रहेर सुधारतर्फ अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् । यो नतिजा आफ्ना लागि अकल्पनिय र अविश्वसनिय रहेको उनले बताएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 28 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 33 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 37 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।