Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोड क्लवबाट १६० देशसँग जोडिए महानगरका विद्यार्थी

कोड क्लवबाट १६० देशसँग जोडिए महानगरका विद्यार्थी


काठमाडौँ । ज्ञान, सिप र क्षमता बढाउन किताबको भारी बोकेर विद्यालय जानु पर्दैन । काठमाडौँ महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना धारणा यसरी सुनाउन थालेका छन् । महानगरले हरेक शुक्रबारलाई बुक फ्रि फ्राइडेका रुपमा क्रियाकलाप गराउने कार्यक्रम थालनी गरेपछिको १ महिनामा विद्यार्थीहरूले यसबाट प्राप्त लाभका विषयमा अनुभव सुनाउन थालेका हुन् ।

कार्यक्रम सञ्चालनको प्रभावकारिता अनुगमन गर्न महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) आफैँ विद्यालयहरुमा पुग्ने गरेका छन् । हरेक हप्ता उहाँ कुनै न कुनै विद्यालयमा पुग्छन् । प्रमुखसँगै शिक्षा सल्लाहकार, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु पनि विद्यालयको अनुगमनमा जाने गरेका छन् ।

सरस्वती निकेतन माध्यमिक विद्यालय, ओन्दे
विद्यालयले बुक फ्रि फ्राइडेका लागि बुधबार योजना बनाउँछ । यसअनुसार बिहीबार रूटीन तयार हुन्छ । विद्यालयले शिक्षामा सिप कार्यक्रम अन्तर्गत फेसन डिजाइन र टेलरिङ सिकाउन थालेको छ । यसमा एप्रोन र छ टुक्रे पेटीकोट सिलाउन सिकाउन थालिएको छ ।

विद्यालयका प्रधानाध्यापक रविना महर्जन भन्नुहुन्छ, ‘शिक्षकहरूका बिचमा छलफल चलाएर अगाडि बढ्ने बाटो स्पष्ट बनायौँ । कक्षा चलाउँदा शिक्षकलाई पनि तनाब छैन । विद्यार्थीलाई पनि छैन । कक्षा बितेको पत्तै हुँदैन ।’ विद्यालयमा खेल मैदानका लागि ठाउँ छैन । कक्षा कोठा साँघुरा छन् । यो चाहिँ समस्या हो, प्रधानाध्यापक महर्जन थप्छन्, ‘नजिकै भएका कुनै खुल्ला स्थानको उपयोग गर्ने योजना बनाएका छौँ । यसमा महानगरको सहयोग चाहिन्छ ।’

प्रशिक्षक कोपिला श्रेष्ठका अनुसार, यस विधामा छात्रा जत्तिकै छात्रहरुको पनि रुचि देखाएका छन् । पहिले छात्राहरु मात्र होलान कि भन्ने लागेको थियो । उहाँका अनुसार मेसिन र यसका पार्ट पूर्जा चिनाउनु यसको आधारभूत कक्षा हो । यसपछि टाँकाको बारेमा सिकाउँदै सिप कला बढाउँदै लगिन्छ ।

विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर
विद्यालयमा कोड क्लब सुरू गरिएको छ । यस क्लबमा कक्षा ८ का ७ जना विद्यार्थीको समूह बनाइएको छ । शिक्षण विधि, शिक्षण पद्धति, सिकाइसहित जीवन उपयोगी परियोजना बनाउने, सञ्चार गर्ने जस्ता रचनात्मक क्रियाकलापका लागि यो क्लवब गठन गरिएको हो । क्लबमा ४ जना शिक्षक छन् ।

क्लबका विद्यार्थीहरुले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो । प्रशिक्षक सगुन ढुङानाका अनुसार यसरी निर्माण गरिएका कार्यक्रमहः १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तरराष्ट्रिय प्रतिस्पर्धा पनि गर्न सकिन्छ ।

विद्यालयमा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत ब्युटिसियन ९सौन्दर्य कला० तालिम चलाउन थालिएको छ । विद्यार्थी संख्या धेरै भएको र एउटै विधामा धेरै विद्यार्थीको रुचि भएपछि अवधि तोकेर तालिका निर्माण गर्ने योजना रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले योजना सुनाए । व्यवहारिक शिक्षा जरुरी थियो । कार्यान्वयनमा आयो । कँडेलले नीतिगत प्रबन्ध गरिदिएकोमा महानगरपालिकाप्रति आभार प्रकट गरे ।

प्रशिक्षक विमला रिजाल भन्नुहुन्छ, ’ब्युटिसियन तालिम सुन्दरतासँग मात्र होइन, स्वास्थ्यसँग पनि सम्बन्धित छ । नङ् काट्नु, कपाल काट्नु, सरसफाइ गर्नु जस्ता क्रियाकलाप सुन्दरताका लागि नगरे पनि स्वास्थ्यका लागि गर्नुपर्छ ।’

आफ्नै परिवेशमा उपलब्ध हुने प्राकृतिक बस्तु र सामग्रीको प्रयोगलाई सुन्दरता र स्वास्थ्यका लागि कसरी प्रयोग गर्न सकिन्छ । कक्षाको शुरुवात यसको चिनारीबाट भएको छ । रिजालले तालिमका विषयमा जानकारी गराए ।

विद्यालयले छनौट गरेको अर्को विधा मूर्तिकला हो । यसमा मूर्ति बनाउन माटोको गुणबाट सिकाइ सुरु गरिएको छ । यस विधामा विद्यार्थीहरु मग्न भएर सिप सिकिरहेका छन् ।

किताबमा पढेको भन्दा यसरी क्रियाकलाप गर्दा सजिलै सिक्न सकिने रहेछ । कक्षाका विद्यार्थीहरुले प्रसन्नता प्रकट गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि

Techie IT