‘कति कानून छन् थाहा छैन’

Norvic Hospital
  • शुक्रबार, ३० फागुन, २०७६
  • 1 year ago
  • नेपाल

काठमाडौँ । मन्त्रालयले कति कार्यविधि, मापदण्ड, निर्देशिकालगायत कानून बनाएका छन् भन्ने सम्बन्धित मन्त्रालयमा पनि सूची नहुने गरेको पाइएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आज आयोजना गरेको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीले मन्त्रालयलाई कति कानून छन् भन्ने जानकारी लिन पत्राचार गर्दासमेत त्यस्तो सूची आउन नसकेको जनाएको हो । 

 

मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले यससम्बन्धमा अध्ययन गर्ने जनाएको छ । यसका लागि मार्गदर्शक निर्देशिका बनाउने निर्णय पनि समिति बैठकले गरेको छ । निर्देशिका बनाउन मस्यौदा समितिसमेत गठन गरिएको सभापति रामनारायण बिडारीले जानकारी दिए । समितिमा सभापति बिडारी समिति सदस्य सांसद राधेश्याम अधिकारी र सांसद बिना पोखरेल सदस्य छन् ।

 

 कानून मन्त्रालयलाई मस्यौदा बनाइ १५ दिनभित्र समितिमा पेश गर्न पनि बैठकले निर्देशन दिएको छ । बैठकमा सांसद अधिकारीले अध्यागमन विधेयकमा सात स्थानमा तोकिए बमोजिम भन्ने लेखिएकाले ऐनको मस्यौदासँगै नियमावलीको मस्यौदा पनि ल्याउन लगाउनुपर्ने अवस्था आएको बताए । “कृषि मन्त्रालय अन्तर्गत २४० निर्देशिका रहेछन्, हामीले खोज्नुअघि मन्त्रालयका अधिकारीलाई पनि कति छन् भन्ने थाहा रहेनछ, कति प्रकाशित त कति अप्रकाशित भएको समेत पाइयो”–उनले भने । 

 

 कानून राजनीतिक लेनदेनको विषय नभएकाले निष्पक्ष रुपमा तर्जुमा गरिनुपर्ने सांसद अधिकारीले बताउनुभयो । जुन कानून मन्त्रालयका अधिकारीलाई थाहा छैन, त्यसैका आधारमा काम हुँदा ‘कानमा पुग्यो, काममा भएन’ को अवस्था रहेकामा उनले मन्त्रालयको ध्यानाकर्षण गराए । कानून मन्त्रालयका सचिव राजीव गौतमले नियमावली राजपत्रमा प्रकाशन हुने गरेको त्यसबाहेकका कानून मन्त्रिपरिषद् बैठकले निर्णय गरे अनुसारमात्र प्रकाशित हुने गरेको बताए । 

 

“सबै मन्त्रालयसँग कति कार्यविधिलगायत कानून छन् भनी सूची माग्दा उद्योग मन्त्रालयले दिन सकेन, अरु मन्त्रालयको सूची आएको छ”–उनले भने । मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनराज ज्ञवालीले कति कार्यविधिलगायत कानून छन् भन्ने धेरैजसो मन्त्रालयलाई थाहा नभएको बताए । 

 

“मन्त्रालयका वेबसाइटमा पनि सबै कानून राखिएका छैनन्, केही कानून नराख्दा पनि होला, तर आम मानिसले जानकारी पाउनुपर्ने कानून वेबसाइटमा राखिदिए सबैलाई सजिलो हुन्छ, भवनसंहिताजस्ता कानूनी व्यवस्था सबैले थाहा पाउनुपर्छ”–उनले भने । मन्त्रालयले मुद्रण विभागको वेबसाइटमा राजपत्रमा प्रकाशित नहुने कानून पनि राख्नुपने व्यवस्था गर्न पनि बैठकमा समितिसँग माग गरेको छ । पहिले विधेयक मस्यौदा गर्दा देहायका विषयमा नियमावलीमा तोक्ने भनी उल्लेख गर्ने गरिएकामा हाल एकैपटक तोकिए बमोजिम लेख्दा अलमल हुने गरेका समिति सदस्यहरुको भनाइ थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 7 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 7 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।