यस्ता खाले अपराधमा अति नै कडा कानुन छ यी देशहरुमा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ । 

 

लागुपदार्थको उत्पादन, तस्करी, बिक्रि वितरण र सेवन रोक्नको लागि कडा कानुन बनाइ पनि यस्ता आपराधिक घटनाहरु भने कम हुन सकेका छैनन् । आउनुहोस् हेरौ विश्वको सबैभन्दा कडा कानुन भएका देशहरु

 

१०. जापान 

जापानको कानुनलाई धेरै कडा मानिन्छ । यहाँको ड्रग सम्बन्धि कानुन त झनै कडा रहेको छ । यहाँ ६८ किसिमका ड्रगहरुको उत्पादन र बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको छ ।

 

९. स्विडेन

स्विडेनले पहिले ‘मेथाफेटामाइन’ डाक्टरको सिफारिसमा प्रयोग गर्न दिन्थ्यो तर, त्यसको दुरुपयोग भएपछि उक्त ड्रगलाइ अवैध घोषणा गरिएको थियो । अहिले त्यसको सेवन गर्ने र तस्करी गर्नेहरुलाई कडा सजाय दिने कडा कानुन ल्याएको छ ।

 

८. भियतनाम

भियतनामको लागुपदार्थ दुव्र्यसनीहरुलाई कारबाहि गर्ने अलग्गै तरिका छ । यो देशमा दुव्र्यसनीहरुलाई सरकारले सञ्चालन गरेको पुर्नस्थापना केन्द्रमा पठाइन्छ जहाँ उनीहरुलाई उपचारको साटो कडा अनुशासनमा र शारिरिक यातना दिइन्छ तथा निशुल्क श्रम गर्न लगाइन्छ ।

 

७. युनाईटेड अरब इमिरेट्स

लागुपदार्थको सेवन गर्नेहरुलाई कडा कारवाहि गर्ने देशको रुपमा युएईलाई पनि चिनिन्छ । युएईको कानुन अनुसार अवैध मानिएको डगहरुको कारोवार गर्ने, सेवन गर्ने र तस्करी गर्नेलाई कडा सजाँय दिइन्छ ।

 

६. चीन

वर्षमा करिब ५०० जनालाई मृत्युदण्ड दिने चिनले लागुपदार्थको सेवन र कारोबार गर्नेलाई  समेत कडा कारवाहि गर्छ । लागुपर्दाथको बिक्रि वितरण, उत्पादन गर्नेलाई आजिवन कारावासको साथै मृत्युदण्ड समेत हुन सक्छ ।

 

५. साउदी अरब

यो इस्लामिक देश कानुनको मामलामा धेरै कडा छ । मदिरालाई समेत अवैध मानिएको यो देशमा अन्य प्रतिबन्धित लागुपदार्थको सेवन, कारोबार गर्नु भनेको धेरै ठूलो अपराध मानिन्छ । हत्यारा र बलात्कारीलाई जस्तै लागुपदार्थ तस्करी गर्नेलाई सार्वजनिक ठाँउमा मृत्युदण्ड दिइन्छ ।

 

४. इन्डोनेसिया

यदी तपाई मृत्युदण्डलाई डरलाग्दो सजाँय मान्नुहुन्छ भने तपाईलाई इन्डोनेसियाको लागुपदार्थ सम्बन्धि सजाँयको बारेमा थाहा नहुन सक्छ । इन्डोनेसियामा लागुपदार्थ कारोबार गर्नेलाई सजाँय दिनको लागि फाइरिङ स्क्वाडको नै प्रयोग गरिन्छ । 

 

३. इरान

यो इस्लामिक देशमा लागुपदार्थको तस्करी गर्नेलाई मृत्युदण्ड दिने गरिन्छ । यो देश आफ्नो कानुन पालना गर्नमा यति प्रतिबद्ध छ कि गएको केही दशकमा मात्रै यस देशमा १० हजार लागुपदार्थ दुव्र्यसनी र तस्करहरुलाई मृत्युदण्ड दिइएको छ ।

 

२. मलेसिया

मलेसिया लागुपदार्थको नियन्त्रण गर्न कडा कानुन बनाउनेमा छिमेकी देश सिङ्गापुर भन्दा कम छैन । यस देशमा ७ औंस भन्दा बढि गाँजा वा आधा औंस हेरोइन साथमा भेटीयो भटिएमा मृत्युदण्ड दिइन्छ ।

 

१. सिङ्गापूर

सिङ्गापूर आफ्नो कडा कानुनको लागि संसारभर प्रख्यात छ । सानो हुलदंगा गर्नेले त धेरै पछुताउन पर्ने यो देशमा लागुपदार्थ साथमा भेटियो भने त मृत्युदण्ड नै हुन्छ । कम्तिमा १७ औंस गाँजा वा आधा औंस कोकेन वा हेरोइन साथमा भेटियो भने उक्त व्यक्ति तस्कर मानिन्छ । सिङ्गापूरमा सन् १९९१ देखी २००४ को बिचमा ४ सय जना लागुपदार्थ तस्करहरुलाई फाँसीको सजाँय दिइएको थियो ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कर्मा ब्याण्डको ‘कारबारी छाता’ सार्वजनिक

  • 4 minutes ago
कर्मा ब्याण्डको ‘कारबारी छाता’ सार्वजनिक

काठमाडौँ। कर्मा ब्याण्डको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा अवस्थित रन्जना सिनेप्लेक्समा एक कार्यक्रमका बिच कर्मा ब्याण्डका सुरेन्द्र मान सिंहको स्वरमा रहेको ‘कारबारी छाता’ बोलको

नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

  • 33 minutes ago
नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। नेपालमा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५९४ एन्टीजेन परिक्षणका क्रममा ३

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

  • 48 minutes ago
पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडौँ । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।



पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।