Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियओकिनावामा अभ्यासका क्रममा समुद्रमा हराएका सबै गोताखोरको उद्धार

ओकिनावामा अभ्यासका क्रममा समुद्रमा हराएका सबै गोताखोरको उद्धार


एजेन्सी । जापानको तटीय सुरक्षा बलले ओकिनावा प्रान्तको ‘कोरल रीफ’को उत्तरतर्फको पानीमा बेपत्ता भएका सातै जना गोताखोरलाई सोमबार उद्धार गरिएको जनाएको छ ।

एघारौं क्षेत्रीय तटरक्षक मुख्यालयका अनुसार स्थानीय समयअनुसार अपराह्न तीन बजे हराइरहेका गोताखोरलाई वेपत्ता भएको दुई घण्टापछि उद्धार गरिएको हो । उनीहरूको खोजीका लागि हेलीकोप्टर तथा मोटरबाट चल्ने डुङ्गाको प्रयोग गरिएको थियो । उनीहरूलाई सकुशल उद्धार गरिएको छ ।

तटीय सुरक्षा अधिकारीका अनुसार बिहान ११ः५० बजे एक गोताखोर प्रशिक्षकले ओकिनावाको मुख्य टापुको दक्षिणमा इटोमन सिटीनजिकै ‘रुकान रीफ’बाट करिब ६०० मिटर उत्तरपूर्वको पानीमा डुबेर सात जना बेपत्ता भएको बताएका थिए ।

हराएका सात गोताखोरमध्ये पाँच जना गोताखोर यात्रामा सहभागी थिए भने अन्य दुई जना प्रशिक्षक थिए ।

ओकिनावा क्षेत्रीय प्रहरी मुख्यालयका अनुसार हेलिकप्टर र गस्ती डुङ्गाको खोजीपछि अपराह्न २ः०० बजेतिर हराएका गोताखोरहरूमध्ये छ जना चट्टानबाट लगभग पाँच किलोमिटर दक्षिणपूर्वमा समुद्रमा फेला परेका थिए ।

उक्त घटनाको हेलिकप्टरबाट अपराह्न २ः५५ बजे खिचिएको हवाई फुटेजमा एउटा गोताखोर चट्टानबाट करिब सात किलोमिटर दक्षिणपूर्वमा समुद्रमा तैरिरहेको उक्त समाचार जापानको सार्वजनिक प्रसारक एनएचके टेलिभिजनले अपराह्नको समाचारमा प्रसारण गरेको थियो ।

जापानी तटीय सुरक्षा बलको मुख्यालयका अनुसार बेपत्ता भएका सातै जना ‘ड्रिफ्ट डाइभिङ’ भनिने चट्टाननजिकै एक प्रकारको डाइभिङ गरिरहेका थिए, जुन डाइभिङको एक उन्नत रूप हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT