पहिरोका कारण भुर्केलागाउँका ३५ घरपरिवार विस्थापित

  • आइतबार, १८ साउन, २०७७
  • 1 day ago
  • नेपाल

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् । सो वडामा गाउँ माथि तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ ।

 

लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताए । उनले भने, “केही दिनयतादेखि परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।”

 

पहिराले उक्त गाउँका ती घरपरिवार विस्थापित भएपछि अहिले गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन् । भुर्केलागाउँको चारैतिर पहिरा झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए । गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले उक्त गाउँवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयवासीको माग छ । पहिरोको उच्च जोखिममा परेका उनीहरु अहिले अग्लाडाँडामा पाल टाँगेर बस्न बाध्य छन् ।


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।