अस्पताल बनाउन निःशुल्क जग्गा
- सोमबार, १२ माघ, २०७७
- 1 month ago
- नेपाल

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका नौ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गरेका छन् ।
आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका उनीहरूले निःशुल्क जग्गा उपलब्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “गत वर्ष अस्पताल निर्माणका लागि बजेट आए पनि स्वास्थ्यचौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो”, लामिछानेले भने, “अहिले स्वास्थ्यचौकीका नाममा मौजुदा जग्गासहित १३ रोपनी जग्गा पुर्याएका छौँ, अब अस्पताल बनाउनका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”
अस्पताल बनाउनका लागि स्वास्थ्यचौकी नजिकै रहेको जग्गा स्थानीयवासीले दिएका हुन् । अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना, मुरारीप्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गाप्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले आठ आना, पणनाथ शर्माले छ आना, तिलबहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खीलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्यचौकीको नाममा नामसारी गरेका छन् ।
यसअघि लीलाधर शर्मा, श्यामप्रसाद शर्मा र श्याम शर्मालगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका थिए । जग्गालाई एकीकृत गर्नका लागि स्वास्थ्यचौकीले स्थानीयवासीको सक्रियतामा दुई रोपनी जग्गा खरिदसमेत गरेको छ । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निःशुल्क जग्गा स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गादाता विष्णुप्रसाद शर्माले बताए ।
रेश स्वास्थ्यचौकी भएको जग्गाको लालपुर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले जग्गा उपलब्ध गराएको वडाध्यक्ष लामिछानेले बताए । जग्गादाताले स्वास्थ्यचौकीका नाममा एक हप्ता अगाडि मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसारी गरिदिएका थिए ।
जग्गा स्वास्थ्यचौकीको नाममा आइसकेपछि अस्पताल बनाउनका लागि प्रक्रिया थालिएको र आगामी वर्ष बजेट आउने अपेक्षा गरिएको छ । सरकारले हरेक पालिकामा १५, १० र पाँच शय्याको अस्पताल बनाउने निर्णयानुसार रेशमा अस्पताल बनाउन जग्गा व्यवस्थापन गरिएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति
- 1 hour ago
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाललाई अविश्वासको प्रस्ताव लिएर आउन चुनौति दिएका छन् । ओली समूहको सचिवालय सद
गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना
- 2 hours ago

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । गृहले जारी गरेको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो । सुचनामा उल्लेख भए अनुसार
शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण
- 2 hours ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९४४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।