‘ललितकला लेखन पत्रकारिताको सौन्दर्य’

काठमाडौँ । ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको उक्त कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणापत्र प्रस्तुत गरिएको थियो । नक्सालस्थित प्रतिष्ठान परिसरमा शनिबार भएको उक्त कार्यशालाको उद्घाटन गर्दै कुलपति केके कर्माचार्यले कलालेखन पहिलेभन्दा राम्रो भए पनि अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

 

उनले भने, “हरेक वर्ष प्रतिष्ठानले गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीको चाहेजसरी प्रचारप्रसार हुननसकेको छैन ।” उनले कलालेखन सञ्चारमाध्यमका लागि महत्वपूर्ण विधा भएकाले जनमानसमा कलाको चेतना जगाउनको लागि यसलाई पनि प्राथमिकतामा राख्न जिकिर गरे ।

 

कार्यक्रमको पहिलो सत्रमा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले सही ढङ्गले कलालेखन भएमा मात्रै कलाको चर्चा परिचर्चा आममानिससम्म पुग्न सक्ने भनाइ राखे । 

 

नेपाली कलाको ऐतिहासिकता निकै वैभवशाली रहेको जनाउँदै हस्तकला विभागका प्रमुख प्राज्ञ धर्मराज शाक्यले भने, “कला र संस्कृतिको विकाससँगै मानिस समृद्ध बनेको हो ।” उनले ललितकलालाई कसरी हेर्ने, बुझने, पढ्ने र कसरी लेख्ने भन्ने विषयमा केन्द्रित रहेर कार्यशाला गरिएको बताए । ‘एक दिवसीय कला लेखन कार्यशाला–२०७८’ मा पाँच जना विज्ञले अवधारणापत्र प्रस्तुत गरेकाथिए ।

 

कार्यक्रमको दोस्रो सत्रमा समालोचक उपप्राध्यापक तेजविलास अधिकारीले ‘समाज र ललितकला’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै मानिसले दैनिक जीवनलाई सहज बनाउन हस्तकलाका सामान बनाउँदै आएको बताए ।

 

‘कला पत्रकारिताको अन्तर्य’ विषयमा कलाकार तथा कलालेखक केशवराज खनालले कार्यपत्र प्रस्तुत गर्दै लेखनले मात्रै कला र कलाकारलाई समाजमा परिचित बनाउन सहयोग पुग्ने जिकिर गरे । उनले नेपालमा कला पत्रकारिताको इतिहासदेखि वर्तमान अवस्था, कला पत्रकारिताका चूनौती, निराकरणका प्रयास र अबको गन्तव्यका बारेमा परिचर्चा गरे ।

 

त्यस्तै कार्यशालामा ‘कलाकृतिः कलालेखन’ विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्दै कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले कलाका शैलीगत विकास तथा विषयगत पक्षमाथि चर्चा गर्नुभयो । उनले कला लेखनमा कलाका आधारभूत सिद्धान्त तथा तत्वका विषयमा चर्चा गर्दै लेखकले माध्यम तथा सामग्रीका बारेमा जानकार हुनुपर्ने बताए । 

 

त्यसैगरी मिथिला कलाकार एससी सुमनले ‘नेपाली हस्तकलाको विविध स्वरूप’का बारेमा कार्यपत्र प्रस्तुत लोकहस्तकलाको सामाजिक तथा सांस्कृतिक पक्षमाथि परिचर्चा गरे । उनले मैथिली कला, सुजनी लोकहस्तकला, लोकमूर्ति, भित्तिचित्र, थारु हस्तकलाका साथै नेपालका विभिन्न स्थानमा बनाइने लोकहस्तकला तथा जातीय गरगहनाले सांस्कृतिक वैभवलाई चिनाउन र फराकिलो बनाउन मद्दत गरेको सुनाए ।

 

कार्यक्रममा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ मिथिलादेवी, मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले आमसञ्चारमाध्यमले कलालेखनलाई उचित स्थान दिनुपर्नेमा जोड दिए । उक्त कार्यशालालाई नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले संयोजन गरेको महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 6 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 6 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 6 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।