लिविया डुङ्गा दुर्घटनामा परेका २ सय आप्रवासीको उद्धार

त्रिपोली । भूमध्यसागरीय बाटो हुँदै यूरोप जाने क्रममा लिबियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको र कम्तीमा २ सय जनालाई सकुशल उद्धार गरिएको लिवियाली नौसेनाले शनिबार जनाएको छ। 

 

उद्धार गरिएकामध्ये ३ बालबालिका र ९ जना महिला रहेका छन्। दुर्घटनामा परेका ९४ जनालाई शुक्रबार उद्धार गरिएको थियो भने बाँकि सबैजनालाई शनिबार उद्धार गरिएको छ। त्रिपोलीबाट करिब २५ किलोमिटरको दूरीमा रहेको गराबुलीमा डुङ्गा दुर्घटना भएको हो। 

 

मृतक सुडान, नाइजेरिया, चाड, र इजिप्टका नागरिक रहेको लिवियाली नौसेनाका प्रवक्ता आयोव कासेमले बताए।

 

गत बुधबारदेखि शनिबारसम्म करिब ९ सय आप्रबासीलाई मौसममा आएको परिवर्तनका कारण असुरक्षित देखिएको सामुद्रिक बाटो भएर अघि जान रोकिएको वा उद्धार गरिएको उनले जानकारी दिए। 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 7 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 7 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 7 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।