कुम्भकर्ण हिमाल आरोहण गरिँदै

Norvic Hospital

ताप्लेजुङ । ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । 

 

कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१ मिटर उचाइ) हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।

 

परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि हिमाल आरोहण गर्ने योजनाका साथ तयारी भइरहेकोे छ । आरोहणका लागि बाटो बनाउने तथा आवश्यक सामग्री ओसार्ने काम भइरहेको शेर्पाले बताए । आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुगेको शेर्पाले जानकारी दिए । फक्ताङ्लुङ–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजङ्घा हिमाल प्रवेशद्वारका रुपमा लिने गरिएको छ ।

 

दुई अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत रु एक लाख ७६ हजार रोयल्टी रकमसमेत सङ्कलन भएको छ । विभागका अनुसार दुई वर्षयताअर्थात् कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् । तथ्याङ्कअनुसार विसं् २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक सो हिमालको सफल आरोहण गरेका थिए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 5 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 5 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 5 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।