काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको परिमार्जनको तयारी

  • बुधबार, २४ भदौ, २०७७
  • 5 months ago
  • नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको हो ।

 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दाबी गरे । ‘निषेधाज्ञा’ केही परिमार्जन गर्ने वा यथावत् राख्ने विषयमा बुधबार मात्र निर्णय हुनेछ । उनले निषेधाज्ञा परिमार्जन गरिएसंँगै आउन सक्ने सम्भावित महामारी सङ्क्रमणसम्बन्धी समस्या र चुनौतीका विषयमा छलफल जारी रहेको बताए ।

 

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच मङ्गलबार निषेधाज्ञाको विषयमा छलफल भएको थियो । छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको थियो ।

 

निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँंग मङ्गलबार छलफल गरे । दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी भएको छ ।

 

एक सुरक्षा अधिकारीका अनुसार निषेधाज्ञा परिमार्जन गरिएसँंगै उपत्यकामा कोरोना सङ्क्रमण भयावह हुने सम्भावना छ तर त्यस्तो अवस्था आउन नदिन पीसीआर परीक्षण, क्वारेन्टाइन र सङ्क्रमितका लागि आइसोलेसनको व्यवस्था गर्ने विषयमा गम्भीर छलफल भएको छ ।  

यो जानकारी गोरखापत्रको अनलाईन संस्करणबाट


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पक्राउ परेकालाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ

  • 12 minutes ago
पक्राउ परेकालाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ

काठमाडौँ । पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार श्रेष्ठलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

  • 21 minutes ago
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।

सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

  • 22 minutes ago
सुमन घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

काठमाडौँ । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै...’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक य



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।