आलटाल गर्दै आएका ओलीले अन्ततः सचिवालय बैठक बोलाए
- बिहीबार, २७ कार्तिक, २०७७
- 2 months ago
- राजनीति

काठमाडौँ । अन्ततः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । सचिवालयका बहुमत सदस्यहरुले बैठकको लागि मौखिक तथा लिखित रुपमा माग गरे पनि आलटाल गर्दै आएका ओलीले आउँदो शुक्रबार बैठकको लागि सहमति दिएका हुन् ।
बैठक शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । नेकपा स्रोतका अनुसार बैठकको लागि महासचिव विष्णु पौडेलले बैठकबारे सदस्यहरुलाई जानकारी दिएका छन् ।
कार्तिकको पहिलो सातादेखि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनलाई साथ दिँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले लगातार छलफल गर्दै आएका छन् । उनीहरुले स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कोभिड– १९ नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदम, कर्णाली प्रदेशको विवाद समाधान, भारतीय गुप्तचर प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, पर्साको विन्दाबासिनीमा पार्टीकै संरक्षणमा भएको कार्यकर्ता मुकेश चौरसियाको हत्यालगायतका विषयमा छलफल गर्नको लागि माग गर्दै ओलीलाई बैठकको आह्वान गर्न पत्र दिएका थिए ।
पत्रमा ओलीलाई ‘अल्टिमेटम’ दिए पनि दुई पटक मिति सार्दै पर्खेका थिए । बिहीबारसम्म पनि ओलीले बैठक नबोलाए बहुमत सदस्यको साथ पाएका प्रचण्ड सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा थिए । सोही दवावमा परेर ओलीले बैठक डाकेको अनुमान गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की
- 7 hours ago

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- 7 hours ago
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक
- 7 hours ago

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।