ओलीको अस्त्रः रायमाझीलाई रक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चर्केको विवादले पार्टी फुटको संघारमा पुगेको छ । कार्यवहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपीशर्मा ओलीलाई बैठकको मिति तय गर्न पटक–पटक आग्रह गरेका छन् । तर, ओलीले भने बैठकको मिति तय गर्न आनाकानी गरिरहेका छन् । मंगलबार धुम्बाराहीमा बसेको प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको अनौपचारिक बैठकले ओलीलाई २७ गते बैठक डाक्नको लागि प्रस्ताव गरेका छन् । तर, ओलीले भने यस प्रस्तावलाई पनि लत्याउने प्रयास गरेको नेकपा स्रोतको भनाई छ ।

 

यसबीचमा ओलीले भने पूर्व माओवादीका नेताहरुलाई पुनः आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय ओलीलाई पनि साथ नदिएका टोपबहादुर रायमाझी, हरिबोला गजुरेल, देवेन्द्र पौडेल, मणि थापालाई मनाउनको लागि ओलीले अधिकतम प्रयास गरिरहेको बुझिएको छ । अघिल्लो पटकको विवादमा ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पदबाट हटाउन नहुने पक्षमा रहेका उनीहरु यसपटक ओलीलाई साथ नदिने पक्षमा छन् । सोहीकारण ओलीले ‘अस्त्र’को रुपमा टोपबहादुर रायमाझीलाई प्रधानमन्त्रीले नै सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेको प्रचण्ड निकट स्रोतको भनाई छ । रायमाझीलाई रक्षाको जिम्मेवारी दिँदा प्रचण्डलाई थप दवाव पुग्ने हिसावले ओलीले उक्त प्रस्ताव गरेको हुनसक्ने बताइएको छ । तर, रायमाझीले भने उक्त प्रस्ताव अस्वीकार गरेका छन् । उनले अहिले पार्टीभित्र विवाद देखिएको अवस्थामा प्रचण्डले प्रस्ताव गरेको खण्डमामात्रै मन्त्रालय सम्हाल्ने प्रतिक्रिया ओलीलाई दिइएको बताइएको छ ।

 

अर्का स्थायी कमिटी सदस्य लेखराज भट्ट भने ओली खेमाकै भइसकेको बताइएको छ । त्यस्तै, गृहमन्त्री रहेका बादल हाल तटस्थ भए पनि उनले अन्ततः प्रचण्डलाई साथ दिने बुझाई पूर्व माओवादी पक्षको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 6 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 6 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 6 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।