‘मेलम्चीको पानी काठमाडौँ झार्ने सपना कार्यान्वयन नजिक’
- बिहीबार, २७ कार्तिक, २०७७
- 2 months ago
- नेपाल

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने चार दशक लामो सपना कार्यान्वयनको नजिक आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सो क्षेत्रका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ इ।गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले बुधबार यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको थियो ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको पाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजल ल्याएर काठमाडौँ उपत्यकावासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै समस्या नभए विसं २०७७ भित्रै पूरा हुने उल्लेख छ । उपत्यकामा छिट्टै उपभोक्ताले आआफ्नो घर र धारामा उपलब्धमा मेलम्चीको पानी उपलब्ध हुने देखिएको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
सत्ताईस किमी लामो सुरूङबाट छिट्टै दैनिक १७ करोड लिटर पानी ल्याउने तयारी रहेको छ । सुरूङभित्रका गेटहरूको पुनःडिजाइन अनुरूप बलियो पुनःनिर्माणको काम धमाधम भइरहेको आउँदो मङ्सिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ । याङ्ग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले ‘हेड बक्स’ को निर्माण तीव्र रूपमा चलिरहेको छ । सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको छ । जम्मा रु २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले उपत्यकामा पानीको सङ्कट र प्यास मेटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना शुरु भएको लामो समयपछि यो आयोजना पूरा हुन गइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका कारण नै यो सम्भव भएको थापाले उल्लेख गरे । आयोजनामा यस अघि काम गरेको इटालियन कम्पनीले श्रम र सामान आपूर्ति गर्नेलाई भुक्तानी गर्न बाँकी छ । यो समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 3 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 4 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 4 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।