नेकपा भित्र आएको नयाँ मोड, दुई खेमाबीच जोडकातोड

काठमाडौँ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद थप चर्किएको छ । उक्त विवादका कारण पार्टीभित्रका नेताहरु घरी एउटा खेममा देखिन्छन् भने घरी अर्को खेममा देख्छिन् ।

 

नेकपा विवादमा बामदेव गौतमले भने ट्विस्ट गरेपछि भने पुष्पकमल दहाल ,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमको समिकरण भङ्ग भएको छ । बुधबार केपी शर्मा ओली र बामदेब गौतम बीच भएको भेटघाटपछि बामदेब गौतमले अगाडि सारेको प्रस्तावको कारण नेकपामा हलचल पैदा भएको छ ।

 

स्थायी कमिटि बैठकमा अल्पमतमा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेब तुरुप फालेको बिश्लेषकहरु बताउँछन् । 

 

बामदेबले पार्टी एकताका लागि भन्दै अगाडि सारेको प्रस्तावमा प्रधानमन्त्री ओली नै रहने र पार्टीको कार्यकारी अध्यक्षको भुमीका प्रचण्डलाई दिने भनिएको भए पनि सरकारको कामकारबाहिमा पार्टीले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । उनले आपसी समझदारीमा पार्टीको महाधिवेशन मिति घोषणा गरेर समस्याको हल गर्न पर्ने धारण सार्र्वजानिक गरेका छन् ।

 

बुधबारबाट ओली निकट बिचार राखेसँगै नेकपामा नयाँ खाले बहसको सिर्जना भएको छ । बामदेबको प्रस्तावले नेकपालाई फुट्नबाट कसरी जोगाउछ त्यो भने हेर्न बाँकी नै छ ।

 

प्रधानमन्त्री ओली आफ्नो अडानमा रहिरहन पनि उनले बामदेवसँग केही विषयमा सहमति गरेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् । उता प्रचण्ड निकट नेताहरु भने ओलीको अडानलाई भत्काएरै छोड्ने तयारीमा जुटेको विश्लेषकहरु बताउँछन् । पछिल्लो राजनीतिक घटनाक्रमले नेकपाभित्र कतै ठुलो भुइचालो जाने त होइन भन्ने प्रश्न पनि खडा भएको छ ।

 

ओली र प्रचण्डबीच दुरी बढ्दै जानु पार्टी भित्र विभिन्न गुट उपगुटले प्रवेश पाउनुले पनि नेकपाभित्रको समस्या तत्काल हल वा मत्थर हुने सम्भावना कम रहेको विश्लेषकहरु बताउँछन् ।

 

केही साम्य भए जस्तो हुने फेरि उछालिने विवादका कारण पनि नेकपाका दोस्रो तहका नेताहरु दिक्क भइसकेको विश्लेषकहरु बताउँछन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 49 minutes ago
नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

  • 54 minutes ago
नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

  • 1 hour ago
नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

काठमाडौँ । नेपाल एयरलाइन्समार्फत विदेश जाने यात्रुहरु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने भएको छ । कोरोनाभाइरसको कारण थप जाँच गर्नुपर्ने भएकाले एयरलाइन्सले यात्रुहरुलाई चार घण्टा अघि नै विमानस्थल पुग्



पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।