राज गोस्वामीको "कोसिस २" सिड्नीमा सार्वजनिक
- सोमबार, १२ कार्तिक, २०७५
- 3 years ago
- कला र मनोरञ्जन
- अष्ट्रेलिया

सिड्नी । विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका राज कुमार गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ सार्वजनिक भएको छ । २७ अक्टोवर शुक्रबार अष्ट्रेलियाको सिड्नी रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित कार्यक्रममा गोस्वामीको दोस्रो एल्बम सार्वजनिक भएको हो ।
अष्ट्रेलियामा बसरे बिबिध क्षेत्रमा बिशेष योगदान गर्ने ब्यक्तिहरुबाट उक्त एल्बम विमोचन भएको हो । गायक गोस्वामिको लाइभ प्रस्तुति समेत रहेका उक्त बिमोचन कार्यक्रममा सिड्नीका संगित पारखिको बाक्लो उपस्थिति रहेको थियो ।
उपस्थित प्राय सम्पूर्णले गीतलाई एकदमै राम्रो भनेर प्रतिकृया दिएको गायक गोस्वामीले नेपालीपत्रलाई बताए । उनले भने, ‘सहभागिहरुको प्रतिकृयाले मलाई निकै उत्साहित बनाएको छ । आगामी दिनमा पनि गायन यात्रालाई निरन्तरता दिने छु । ’
गोस्वामीको एल्बम ‘कोसिस २’ मा १० वटा गीत समावेश छन् । पप, लोक पप, आधुनिक, मायाप्रेम र परदेशबाट देश सम्झने भावका गितहरु एल्बममा छन् । एल्बममा समावेस साइली र माईली, सोल्टीनी, काडाघरी, रंगबिनाको लगाएतका गितहरु निकै चर्चीत छन् ।
यस एल्बममा समावेश ‘साइली र माइली’ रिमिक्स गीतको म्युजिक भिडियो युट्युवमा निकै रुचाइएको छ । यो गितको एक मिलियन भन्दा बढी पटक हेरिएको छ ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 16 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- 23 minutes ago

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
- 34 minutes ago

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।