कोरियाली युद्ध यसै वर्षभित्र अन्त्य गरिने
- रासस/एएनआई
- मंगलबार, ५ आषाढ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

सिओल । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार ६ दशकभन्दा लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताएका छन्। तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनको तर्क छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोनमा कुराकानी गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै काङले भने,‘शान्ति सम्झौताको मध्यस्थता गर्न र आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिने उनले बताएको दक्षिण कोरियाली समाचार संस्थाहरुले जनाएका छन्।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन १९५०–०५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्य गर्न प्रतिवद्ध रहेको काङले बताए।
दक्षिण कोरियाका विदेश मन्त्रीले उत्तर कोरियाली समकक्षी रि योङ होसँग ‘आसियन रिजनल फोरम’ मा भेटवार्ता हुने विश्वास व्यक्त गरेका छन्। जुन कार्यक्रम आउँदो अगष्टको सुरुमा हुन लागेको छ।
काङले ट्रम्प र किमको हटलाईन सेवालाई थप अगाडी बढाउने विषयमा पनि छलफल हुने स्पष्ट पारे। गत हप्ता ट्रम्पले आफ्नो सिधा टेलिफोन नम्बर उत्तर कोरियाका सर्वोच्च नेता किमलाई दिएको बताएका थिए।
‘मैले उहाँलाई सिधै फोन गर्न सक्छु, मैले पनि उहाँलाई मेरो सिधा सम्पर्क दिएको छु, उहाँले कुनै अप्ठ्यारो महशुष हुनासाथ फोन गर्न सक्नुहुने छ। हामी अब सञ्चार सम्पर्कमा रहने छौं।,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने।
ट्रम्प र किम बीच यही जुन १२ तारिखका दिन पहिलो पटक सिंगापुरमा शिखर वार्ता भएको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल
- 1 minute ago

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ
- 5 minutes ago

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य
- 10 minutes ago

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।