पर्यटकीय गन्तव्य बन्दै कोप्रे झरना

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ । दुई वर्ष अघिसम्म गुमनाम रहेको कोप्रे झरना कोरोना महामारी शुरु भएपछि एकाएक चर्चामा आएको हो । कोरोना प्रकोप शुरु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण घुमफिर र रमाइलोका लागि टाढाटाढा जान सक्ने वातावरण नहुँदा नजिकका सम्भावित स्थलको खोजी हुने क्रममा कोप्रे झरनाको पहिचान भएको हो ।

 

नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएका बेनी नगरपालिका– २ बगरफाँटको दुधेखोलानजिक रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । यो झरना विशेषगरी युवायुवतीको आकर्षक स्थलका रुपमा विकसित हुँदै गएको छ । कोरोना सङ्क्रमण र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाबाट तनावग्रस्त भएका युवायुवतीलाई तनावमुक्त गराउने स्थानको रुपमा यो झरना उत्कृष्ट बन्दै गएको छ ।

 

नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो । बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्ने गर्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन् । 

 

उनका अनुसार शनिवार वा अन्य विदाको दिन कर्मचारी, व्यापारीलगायत व्यक्तिहरु पनि यहाँ रमाउन आउने गर्दछन् । विशेषगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु आउने गरेको र यहाँ आएर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दछन् । यस झरनामा पछिल्लोपटक कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरुको सङ्ख्या ह्वातै बढेको छ । 

 

बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको बेनीकी सलिना रोकाले बताए । “झरनाको पानीले पानी पानी बनायो, खुब मज्जा आयो”, उनले भने । रोका मात्रै होइन, दैनिक एक सय भन्दा बढी युवायुवती यहाँ आएर फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन् । कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । यस झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् । 

 

भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकको अनुभव छ । कोपे्र झरनामा कतिपय युवायुवती टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् । यस झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि चालू आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

 

उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फ धानको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सुन्दरताले पनि अत्यन्त आकर्षक रहेकाले यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 3 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 3 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 3 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।