सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार छुः सांसद श्रेष्ठ
- सोमबार, ५ जेष्ठ, २०७७
- 9 months ago
- राजनीति
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले आफूमाथि लाग्दै आएको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै कसैले प्रमाणित गरे मर्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘केही हप्ताअगाडि यहाँ सांसद अपहरणका कुराहरू आए र मलगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो । सम्पूर्ण माननीयहरूलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरूलाई म चुनौती दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरूको अगाडि म झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरू पनि झुन्डिन तयार छन् ?’
श्रेष्ठसँगै नेकपाकै अर्का सांसद महेश बस्नेत तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विवादास्पद अध्यादेशसँगै पार्टी फुटाउने षड्यन्त्र अनुसार सांसद डाक्टर सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लाग्दै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर
- 28 minutes ago

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह
- 40 minutes ago

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’
- 48 minutes ago

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।