कीर्तिमानी पर्वतारोही पुर्जा तेस्रो पटक धौलागिरिमा

Norvic Hospital

बेनी । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहेका उनले आज बिहान उक्त हिमाल आरोहण गरेका छन् । 

 

प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । “हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ”,  स्टाटसमा उल्लेख छ ।

 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गर्नुभएका उनले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमानी कायम गरेका थिए । 

 

धौलागिरिमा बिना अक्सिजन आरोहण गर्नुभएका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् ९८०२७ मि० हिमाल आरोहण गरी कीर्तिमानी कायम गरेका थिए । पुर्जाले आरोहण गर्नुभएका १४ अग्ला हिमालमध्ये आठवटा  नेपालमै पर्छ । आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभर चर्चा कमाएका उनका नाममा करिब आरोहणको क्षेत्रका आधादर्जन कीर्तिमानी छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाम्रो पात्रो निर्देशक बोर्ड अध्यक्षमा डा. पाण्डे

  • 44 seconds ago
हाम्रो पात्रो निर्देशक बोर्ड अध्यक्षमा डा. पाण्डे

काठमाडौँ । मोबाइल एप हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे नियुक्त भएका छन् । डा. ढकाल नेपाली सफ्टवेयर उद्योगका ज्ञाता र अमेरिकामा सफल उद्यमी रहेका हाम्रो पात्रोले जानकारी दिएको छ।

'प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र काँग्रेस पार्टीले केही बोल्नेछैन'

  • 3 minutes ago
'प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र काँग्रेस पार्टीले केही बोल्नेछैन'

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

  • 9 minutes ago
फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

एजेन्सी । फेसबुकका सिइओ मार्क जकरबर्ग र उनको श्रीमती प्रिसिला चानका घरमा काम गर्ने दुई जना पुर्व स्टाफले केश दर्ता गराएका छन् । दुई पुर्व स्टाफ मिया किङ र जोन डोले मार्क जकरबर्गको घरमा सिक्योरिटी इन्च



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

एजेन्सी । फेसबुकका सिइओ मार्क जकरबर्ग र उनको श्रीमती प्रिसिला चानका घरमा काम गर्ने दुई जना पुर्व स्टाफले केश दर्ता गराएका छन् । दुई पुर्व स्टाफ मिया किङ र जोन डोले मार्क जकरबर्गको घरमा सिक्योरिटी इन्चार्ज लियाम बुथभित्र काम गर्थे ।